तिलिचो संम्वाददाता

प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

३१ साउन (रासस) :  वाग्मती प्रदेशसभाका सदस्यहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७÷७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो ।   सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, […]

‘अधिकार र पहिचानका लागि जसपाको सङ्घर्ष’

  ३० साउन (रासस) :  जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका तमाम जनसमुदायको अधिकार र पहिचानका लागि सङ्घर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । जसपा ठाकुर पक्षको वाग्मतीस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्षथ नेताहरूले पार्टीलाई सुदृढ र सङ्गठित गर्दै उत्पीडित समुदायको मुक्तिका लागि क्रियाशील हुने बताएका हुन् । […]

खेलकूदमैत्री कानून बन्छ : मन्त्री थापा

३० साउन (रासस) :  गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको बताउनुभयो ।   जापानमा सम्पन्न ओलम्पिक खेलकूद प्रतियोगितामा पाँच खेलाडीका पछाडि २५ जना […]

ज्यामिरे खोलामा पक्की पुल निर्माण

  ३० साउन (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको आज शुभारम्भ गर्नुभयो । सङ्घीय सरकारको रु ८९ लाख ६४ हजार, प्रदेश सरकारको रु ३० लाख र मकवानपुरगढीको रु दुई करोड १८ हजार चार सयका लागतमा निर्माण गरिएको सो पुलको कूल लम्बाइ २६।६५ मिटर र […]

इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

  २९ साउन (रासस) : सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिनुभयो ।   “मोवाइल डाटा […]

‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी’

२९ साउन (रासस) :  नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताउनुभएको छ ।   प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । पार्टी […]

कमला नदी बेसिन क्षेत्रसम्बन्धी रणनीति सार्वजनिक

२९ साउन (रासस) : नेपाल सरकार र अष्ट्रेलिया सरकारले सन् २०१४ देखि सहकार्यमार्फत तयार पारेको कमला नदी बेसिन क्षेत्रको जलस्रोत व्यवस्थापन तथा उपभोगसम्बन्धी रणनीतिपत्र आज सार्वजनिक गरिएको छ ।   ‘कमला नदीको स्टेट अफ दि बेसिन प्रतिवेदन तथा जलस्रोत विकास रणनीति’ नामक रणनीतिमा कमला नदी बेसिनको जलस्रोत विकासका लागि आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव दिइएको […]

दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु

२९ साउन (रासस) : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु गरिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा दिक्तेल बजारस्थित सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम शुरु गरिएको हो ।   अहिलेसम्म कच्ची अवस्थामाा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक […]

आर्थिक कूटनीति प्रभावकारी तुल्याउन ‘भर्चुअल’ छलफल

२९ साउन (रासस) : आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवद्र्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले नेपाली निर्यातजन्य वस्तु निकासी गर्ने उद्यमी व्यवसायी र विदेशस्थित नेपाली नियोग प्रमुख तथा अन्य कर्मचारीसँग आयोजना गरेको तीनदिने अप्रत्यक्ष कार्यक्रम आज सम्पन्न भएको छ ।   कार्यक्रममा नेपालको […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२९ साउन (रासस) : प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेका छन् । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलार्ई झुक्यानमा पारी चेक दिएकामा अदालतले बैंकिङ कसुर गरेको ठहर गरेको […]