तिलिचो न्युज

राष्ट्रपतिले ७ दिनभित्र सरकार बनाउन गरेको आह्वान किन पर्‍यो विवादमा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेपछि नयाँ संवैधानिक विवाद आएको छ। प्रतिनिधि सभा गठन भएर निर्वाचित सांसदले शपथ नखाई सरकार गठन गर्न मिल्छ कि मिल्दैन भन्ने विवाद उत्पन्न भएको हो।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले सांसदहरूले शपथ नलिएसम्म सरकार निर्माणबारे छलफल नहुने बताएपछि यो विवादले बल पाएको […]

वर्षौ देखी ठप्प गोरखाका उत्तरी नाका; आश्वसनको पोको मात्र आयो, नाका भने खुलेन

कोरोना महामारी सुरु भएयता गोरखामा पर्ने चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका चीनले बन्द गर्‍यो ।   २०७९ कार्तिक २७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका थिए। उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग […]

हात्तीले घरमै आक्रमण; वृद्धाको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।   शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी […]

कपास खेती जगाउँदै हलेसीका महिला

खोटाङ, २८ मंसिर: पुर्खाको अन्त्यासँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ ।   नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६–०७७ देखि कपास खेती विस्तार गरिएको हो । साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समूहमा […]

बूढीगण्डकीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना; वातावरणीय प्रतिवेदनका लागि सुझाव माग

गोरखाको बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ।   उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिकामा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ।   आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गाप नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ। त्यहाँबाट पानीलाई सङ्लो बनाएर चार हजार तीन सय ६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्रीको […]

२०७४ को चुनावमा ढिलो गरेको आरोप खेपेको निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

मङ्सिर २९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।   आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो […]

ओली र प्रचण्डबीच भेट गराउने तयारी; साना दलको साथमा एमाले र माओवादी मिलेर सरकार बनाउन सकिने सम्भावना

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको छ। मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।   माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ। वर्तमान […]

काभ्रे बस दुर्घटना : १३ जना मृतकको पहिचान

काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमध्ये ७ जना एउटै वडाका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया […]

गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व; दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा

गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् ।   काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो ।   स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी […]

सिंहदरबारको नयाँ नाम – “सरकारी सवारीको कवाडिखाना”

मङ्सिर २५ गते। सिंहदरबारभित्र काम नलाग्ने र बिग्रिएका सवारी साधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ।     मुख्य सचिव शङ्करदास वैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सबै मन्त्रालय र मातहतका निकायलाई बिक्री गर्न परिपत्र गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले […]