हाम्रो बारेमा



तिलिचो न्यूजको उद्देश्य ब्रेकिङ न्युजको प्रतिस्पर्धा  होइन। पत्रकारिताको आधार स्तम्भ विश्वसनीयता हो, यसैमा तिलिचो न्यूज खरो उत्रँदै आएका छ। जुन विषयवस्तुले कहिल्यै मूलधारको माध्यममा कहीँ कतै ठाउँ पाएका छैनन्, ती विषय तिलिचो न्यूजको प्राथमिकतामा  छन्। आलोचनात्मक चेतसहितको खबरदारी गर्ने पत्रकारिताको मर्मलाई प्रतिबिम्बित गर्दै समाजलाई सकारात्मक दिशा उन्मुख गराउने तिलिचो न्यूजको उद्देश्य हो।

सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन/प्रशासन लोकतन्त्रका तत्त्व हुन्। पत्रकारिताका माध्यमबाट तिलिचो न्यूजको जोड यसैमा रही आएको छ। विधिको शासन र कानुनको सफल कार्यान्वयनले मात्रै लोकतन्त्र बलियो हुन्छ भन्नेमा तिलिचो न्यूज दृढ विश्वास राख्छ। नेपालको संविधान, गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता र समावेशीकरण जस्ता नेपाली जनताले दशकौँको सङ्घर्षपछि प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै सुदृढ बनाउन मद्दत गर्ने काम तिलिचो न्यूजले पत्रकारिताकै माध्यमबाट गरी आएका छौँ र गरिनै रहने छ। आम पाठक तथा दर्शकको सुझाव, सल्लाह र प्रतिक्रिया तिलिचो न्यूजका लागि  मार्गदर्शन हुनेछन्।

 

सम्पर्क

ठेगाना: का. म. न. पा. २६, काठमाडौँ, नेपाल

इमेल : info@tilichonews.com , tilichonews@gmail.com

सम्पर्क नं: ९८१३२९०६५८, ९८४७६८८३८३

Comments Box