सामाजिक सन्जालले डोर्याएका माओवादी अध्यक्ष प्रचण्डका प्रतिकृयाहरु; आवश्यक कि अनावस्यक ?



 

 

 

 

यो हप्ता मात्र माओवादी अध्यक्ष प्रचण्डले सामाजिक सन्जालमा आएको २ विषयमा खरो प्रतिकृया दिएका छन ।

 

शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्रहार भएको भ्रामक खबर शुक्रबार फैलिएको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत खण्डन गरिसकेको सन्दर्भमा प्रचण्ड पनि बोलेका हुन् । प्रचण्डले भने–’कमरेड मनऋषिले देखाउनु भयो एउटा समाचार, काठमाडौंमा अहिले त्यो भाइरल भएको छ रे ! कर्णालीमा प्रशिक्षण सिटी हलमा भएको थियो–त्यो ठाउँमा प्रचण्डमाथि ढुंगा प्रहार भयो । प्रचण्डको चस्मा फुट्यो । त्यहाँ असफल भयो भनेर प्रचार गरेका रहेछन् । हामी त्यहाँ सहभागी भएर आउनेहरुका लागि त त्यो हाँसोउठ्दो कुरा भयो । त्यति अनुसाशित र भव्य रुपमा सफल भएको छ । मैले लगाएको चस्मा यही हो जस्ताको जस्तै छ । तर, बुझ्दा के देखियो भने एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले झूटो प्रचार गरेर पनि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिन्छ ।’

 

माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक युट्युवबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’ शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क/वितर्क,पक्ष/विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।


१ पुष २०७८ (रासस) : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाउनुभएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ ।

 

 

उहाँले भन्नुभएको छ, “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” अध्यक्ष प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै खण्डन गर्नुभएको हो । साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाउनुभएको छ ।

 

 

एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताउनुभएको थियो । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गर्नुभएको छ ।

 

 

अध्यक्ष प्रचण्डले आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणी भन्दै आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको पनि सो विज्ञप्तिमार्फत् दाबी गर्नुभएको छ ।

 

लगानीकर्ताको पक्षमा छौँ

अध्यक्ष प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू स्पष्ट रहेको र लगानीकर्ताको हितमा रहेकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।” उहाँले झूठो प्रचारबाट भ्रमित नहुन सम्पूर्ण शेयर लगानीकर्ता जनसमुदायलाई अनुरोध पनि गर्नुभएको छ ।

Comments Box