स्याङ्जा, हरिनासमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी



स्याङ्जा हरिनास गाउँपालिकामा गठबन्धनलाई पराजित गदै एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिमनारायण मानन्धर ४७६९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार टोपबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गरेका हुन् । टोपबहादुरले ४७३२ मत ल्याएका छन् ।

 

उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापा राना बिजयी भएकी छन् । थापाले ४७४० त प्राप्त गर्दा माओवादीकी मिठु लम्साल ४७१६ मतमा रोकिएकी छन् ।

Comments Box