धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै



काठमाडौं, ९ असार: १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ ।

 

 

जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् ।

 

 

रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो ।

 

भारत सरकारको महत्वकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ ।

 

 

भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा उनीहरुलाई सहभागी गराईनेछ ।

 

 

मंगलवार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनवाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरुको भ्रमण गरेर शुक्रवार अपरान्ह नेपाल प्रवेश गर्न लागेको हो ।

 

 

समय तालिकाअनुसार अपरान्ह १२ बजे जयनगर आईपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्नेछ । शनिवार पुनः नेपाल भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ ।


२१ माघ २०७८

रेल किनेको १७ महिना पछी देउवा र मोदीले सेवाको उद्घाटन गर्दै

विसं २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

 

 

पुर्वप्रधानमन्त्री के पि शर्मा ओलिले ३ फाल्गुन २०७७ मा आफ्नो ३ वर्षे कार्यकालको प्रगती विवरण सुनाउँदै भनेका थिए, ” जयनगरदेखि बिजलपुरासम्म नेपालको आफ्नै रेल सञ्चालन हुने चर्चा गतबर्ष पनि गरेको थिएँ । आज म दोहो¥याउन चाहन्छु– गतवर्षको मेरो त्यो भनाई सार्थक हुँदैछ । रेल सञ्चालनमा आउँदैछ ।”

 

ओलिको ३ वर्षे प्रधानमन्त्रीत्व कालका प्रगति विवरण

 

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । ‘‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ”, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो, “रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ ।” दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।

Comments Box