पटक पटक प्रहरी महानिरीक्षक नियुक्ति विवाद किन पुग्छ अदालत ?

वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग



 

काठमाडौं, १७ जेठ: प्रहरी महानिरीक्षक बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज हुँदै छ ।  न्यायाधीशद्वय विश्‍वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो ।

 

 

रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्‍वराज पोखरेल हुन् ।  उनले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् ।

 

वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ ।

 

यस्तै, सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्‍वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले दायर गरेको रिटको पनि आजै अन्तिम सुनुवाइ हुँदै छ ।


६ चैत्र २०७८, आईतवार

एआईजी सिफारिसविरुद्ध असन्तुष्ट डीआईजीको उजुरी

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको सिफारिसमा असन्तुष्ट नायब महानिरिक्षक (डीआईजी) हरूले उजुरी गरेका छन् । बढुवा समितिले गरेको सिफारिसविरुद्ध उजुरी सुन्ने समितिमा उनीहरूले उजुरी गरेका हुन् ।

 

सिफारिस भएको एक साताभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था बमोजिम असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्कीलगायतल‍े आइतबार उजुरी गरेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । बढुवा समितिको चैत १ गतेको बैठकले सरकारद्वारा थपिएका तीन एआईजी दरबन्दीमा बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्न सिफारिस गरेको थियो । लोकसेवा आयोगका अध्यक्षले नेतृत्व गर्ने उजुरी सुन्ने समितिमा मुख्य सचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था छ । उजुरी सुन्ने समितिले उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितीको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयलाई लेखी पठाउनु पर्नेछ । त्यसरी ले‍खिआएमा सम्बन्धित बढुवा समितिको सचिवालयले ३ दिनभित्र आफ्नो राय प्रतिवेदनसहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने समितीलाई पठाउनु पर्ने छ । उजुरी गर्ने म्याद सकिएको १५ दिनभित्र निर्णय दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । उजुरीको टुंगो लागेपछि मात्र बढुवा समितीको सिफारिस कार्यान्वयन हुनेछ ।

 

वरीयतामा अगाडि रहेका डीआईजी घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्ट जनाइरहेका छन् । यी तीनैजना वर्तमान आईजीपी शैलेश थापाका ब्याचीहरू हुन् । उनीहरूले वैशाख १८ बाट अवकाश पाउँदैछन् । सिफारिसमा परेका पन्त पनि आईजीपी थापाका ब्याची हुन् । अन्य दुईजना सिंह र धानुक एआईजी भए उनीहरू दुवै भावी आईजीपीका लागि प्रतिस्पर्धी मानिनेछन् ।


५ फाल्गुन २०७८

प्रहरीमा ३ जना अतिरिक्त प्रहरी महानिरिक्षक(एआईजी) थप गर्ने निर्णय

सरकारले प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको हो । योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।

 


परीक्षालाई मर्यादित बनाउनुपर्छ : प्रहरी महानिरीक्षक क्षेत्री

११ भदौ (रासस) : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसङ्घीय मिसनका लागि लिइने पूर्वआकलन (Pre–AMS)  परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीले पूर्ण इमान्दार भई उत्तरदायित्व बहन गर्दै त्रुटिरहित तवरले काम गर्नुपर्ने बताउनुभएको छ ।

 

 

उक्त मिसनका लागि पूर्वआकलन (Pre–AMS) परीक्षा सञ्चालन गर्न खटिने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परीक्षाको गोपनीयतालगायत तोकिएको मापदण्ड पूर्णपालना गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । उहाँले विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ–आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।

 

नियतवश हुने लापरवाही क्षम्य नहुने चर्चा गर्दै परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति एवं साधन स्रोतको व्यवस्थापनका लागि समयमै समन्वय गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

 

वरिष्ठ प्रहरी अधिकृतसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक गङ्गा पन्तले परीक्षा सञ्चालनको तयारीसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

Comments Box