जिसस बैठककाे निर्णय : नयाँ गाडी र पाहुना घर चाहियाे



बैतडी, ५ असार: जिल्ला समन्वय समिति बैतडीले प्रदेश र संघीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउँ भनि अनुरोध गर्ने निर्णय गरेको छ ।

 

 

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको पहिलाे बैठकले यस्तो निर्णय भएको हो ।

 

 

समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको  जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जानकारी दिए ।

 

यसैगरी, आइतबारकै बैठकबाट जिससको पाहुना घर पुर्ननिर्माणको लागि पनि प्रदेश सरकार समक्ष बजेट ब्यवस्थापनको  माग गरेकाे छ । समन्वय समितिको कार्यालयमा रिक्त कर्मचारीहरू पदपुर्तिको लागि माग गर्ने निर्णय पनि भएको छ ।

 

जिल्ला समन्वय समितिको जिल्ला सभा पनि ३२ असारमा बस्नेछ ।


बैतडीमा पानीको हाहाकार

बैतडी, २ वैशाख: बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ ।  दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा परेका छन् । सदरमुकामस्थित बृहत खानेपानी आयोजनामा समस्या आएपछि खानेपानीको हाहाकार भएको गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले बताए ।

 

उनले भने, ‘पहिला मासिक तीन सय रुपैयाँ तिरेपछि एक महिना पानी खान पाइन्थ्यो । अहिले ट्यांकरमा पानी ल्याउनुपर्दा मासिक चार हजार खर्च हुँदै छ । १८ करोड रकम खर्च गरेर बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । उक्त आयोजनाको पानी खान नपाए पनि शुल्क भने हरेक महिना तिर्नुपर्छ । पानी सुचारु गर्ने विषयमा सरोकारवाला मौन छन् ।

 

धारामा खानेपानी आउन छाडेपछि दैनिक ट्यांकरबाट पानी मगाउनु परेको अर्का व्यापारी यज्ञराज बोकटीले बताए । उनले भने, ‘निर्वाचन नजिक आएकाले बजारमा मानिसको भीड बढेको छ । राजनीतिक दलका नेता, कार्यकर्तादेखि म्यादी प्रहरी तथा कृषि गणनाका प्रशिक्षार्थीहरू आएकाले बजारमा भीडभाड बढेको छ । पानीको अभावपुर्ति गर्न निकै समस्या छ ।’

 

सदरमुकाममा पानीको समस्या हुँदा सार्वजनिक शौचालयसमेत बन्द रहेकाले बजारमै खुला दिसा पिसाव गर्ने गरेको स्थानीय सुरेश बहादुर चन्दले बताए ।

 

नगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द भट्टले भने, ‘हामी खानेपानी बनाउन लागिपरेका छौँ । खानेपानीको मुहानमै पानीको मात्रा घटेको देखिन्छ । सबै उपभाेक्तालाई कसरी पर्याप्त खानेपानी पुर्‍याउन सकिन्छ, त्यसको पहलमा छु । म अध्यक्ष बनेको एक महिना मात्र पुग्दै छ । म सबै उपभोक्तालाई पानी पुर्याउन प्रतिवद्ध छु ।’

२ भाद्र २०७८, बुधबार

पाटन नपा र सबै वडाको तालाबन्दी खुल्यो

बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो ।

 

यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मकरूपले लिएको र सङ्घीय सरकारले सःशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।

 

विज्ञप्तिमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र सङ्घर्ष समितिबीच विभिन्न सहमति भएपछि ताला खोलिएको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिनुभयो । अहिले नगरपालिकाका प्रमुख केशवबहादुर चन्द नगरबाहिर रहेका र उहाँ आउनेवित्तिकै सङ्घर्ष समितिसँग बसेर छलफल गर्ने, वार्ता भएको एक÷दुई दिनभित्रै कार्यपालिकाको बैठक बोलाएर माग सम्बोन्धन गर्न सहमति भएपछि ताला खोलिएको महराको भनाइ छ ।

 

सङ्घीय सरकारले बजेट भाषणका बेला बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब रु १५ हजार हुनुपर्ने र त्यसमा रु सात हजार स्थानीय सरकारले थप्नुपर्ने भनेको भए पनि पाटन नगरपालिकाले त्यो कार्यान्वयन नगरेकाले उनीहरुले तालाबन्दी गरेका हुन् ।

Comments Box