नवनियुक्त भारतीय राजदूत; ओहोदापत्र बुझाए लगत्तै प्रम सँग भेट



काठमाडौं, १६ असार: नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

 

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

 

निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यसघि श्रीवास्तवले आजै  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

Comments Box