नुवाकोट, तारकेश्वरको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी



नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शिव अधिकारी निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार रमेश बहादुर वस्तीलाई पराजित गरेका हुन् । सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनामा अधिकारीले ५६६५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी वस्तीले ३३४१ मत पाए । अधिकारीले वस्तीलाई २३२४ मतान्तरसहित हराएका हुन् । वस्ती यसअघि सोही गाउँपालिकाको अध्यक्ष रहेका थिए ।

 

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल विजयी भएका छन् । उनले एमालेकै कोपिला भट्टराई पराजित गर्दै विजय हासिल गरेका हुन् । रिमालले ४६५८ मत प्राप्त गरे भने भट्टले ३३९२ मत प्राप्त गरिन् । सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनबीच तालमेल भएको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

Comments Box