मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ ।
तस्विर : रासस
तिलिचो ताल पुग्न अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक र चामेदेखि पिसाङ, हुम्दे, मनाङ अनि खाङसारसम्म मोटरमा यात्रा गर्नुपर्छ । बेसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालन छ । खाङसारदेखि श्रीखर्क हुँदै तीन घन्टा पैदलयात्रापछि तिलिचो तालको बेसक्याम्प पुगिन्छ । बेसक्याम्पबाट पाँच घन्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुग्न सकिन्छ ।
हेर्नुहोस तिलिचो बेसक्याम्पको सुन्दर होटेल खाङसार खाङ (तस्बिरहरु):
यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् ।
यसघी अन्य सिजनका तस्विरहरु
तस्बिरहरु: कर्मा नेग्दोङ
Comments Box