• १२ जेष्ठ २०८२, आईतवार
युनिकोड
EN
 Live
  •   मुख्यपृष्ठ
  • समाचार
  • देश
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • वातावरण
  • पर्यटन
  • कृषि
  • कला र शैली
  • विचार/अन्तर्वार्ता
  • विविध
    • राजनीति
    • अर्थतन्त्र
    • फोटो फीचर
    • दिगो विकास
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • वातावरण
  • पर्यटन
  • कृषि
  • कला र शैली
  • विचार/अन्तर्वार्ता
  • विविध
    • राजनीति
    • अर्थतन्त्र
    • दिगो विकास
    • फोटो फीचर

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप


७ असार २०७८, सोमबार

कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार असार ८ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताउनुभयो । प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पाङ्ग्रे, दुई पाङ्ग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पाङ्ग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा सञ्चालन अनुमति दिइएको छैन । यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । ढुङ्गा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनबाट बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने जनाइएको छ ।
Comments Box

तिलिचो न्युज

सम्बन्धित खवर


भर्खरै

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

मुलुकमा समाजवादी क्रान्तिको सुरुवात : अध्यक्ष दाहाल

‘एसियन हाइवे’ निर्माणले गति लिँदै

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँः उपप्रधानमन्त्री सिंह






हाम्राे बारे

हाम्रा माझमा भएका समाचारमूलक थुप्रै अनलाइनहरू भन्दा हामी भिन्न छौँ । पत्रकारिताका आधारभूत मान्यतामा हामी अरुसँग समान छौँ तर, हाम्रो विषयवस्तु र शैली फरक छ। फरक सोच, फरक स्वरुप र फरक विषयवस्तुले हामीलाई भिन्न पहिचान दिएको छ। खास गरी हिमाली भेगका विषयवस्तु, त्यहाँको विकास निर्माण, संस्कृति, वातावरण हाम्रो मुख्य चासोका विषय हुन्। र सँगसँगै राजनीतिलाई पत्रकारिताको माध्यमबाट उजागर गर्ने, प्रवर्ध्दन गर्ने र घच्घच्याउने हाम्रो प्रयत्न रही आएको छ।

View All

हाम्रो समूह

यस तिलिचो न्यूज डट कम
चित्रो नेपाल प्र.लि द्वारा सञ्चालित अनलाइन हो ।
अध्यक्ष : बासुदेव न्यौपाने
सम्पादक : नम्रता बानियाँ

सम्पर्क


सूचना विभाग दर्ता नं. २१२४/०७७-७८
ठेगाना : का.म.न.पा २६, काठमाडौँ, नेपाल
ईमेल : info@tilichonews.com , tilichonews@gmail.com
सम्पर्क नं : ९८१३२९०६५८, ९८४७६८८३८३

© 2025  All right reserved Tilicho News

  • Privacy Policy
  • प्रयोगका सर्त