छिमेकी मुलुक भारतमा आम आदमी पार्टीले एक पछी आर्को राजनैतिक उपलब्धी हाँसिल गरिरहेको अवस्थामा वैकल्पिक राजनितीको नारा दिएर स्थापना भएको पार्टी हरुलाई पनि आशाको नजरले हेरिएको छ । तर अहिले वैकल्पिक राजनितीको आश मानिएका पार्टीहरुमा स्थापना कालमा नै देखिएको विवाद असामान्य छ ।
समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :
आदिवासी–जनजाति कोटाबाट : डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ
खस–आर्य कोटाबाट : डा.चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायत
दलित कोटाबाट : सन्तोष परियार, शिव नेपाली
मधेसी कोटाबाट : लक्ष्मी तिवारी, मनिष झा
थारु कोटाबाट: अशोककुमार चौधरी
मुस्लिम कोटाबाट : असिम शाह
२३ मङि्सर २०७९
समानुपातिक सांसद चयनमा असन्तुष्टि
रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ। रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो। तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ।
आम निर्वाचन २०७९ अघिमात्र दर्ता भएर पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ २० सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी यो पार्टीले २० सिट जितेको हो ।उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ।
समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।
प्राइमरी इलेक्सनमा भोट कम ल्याएका तर चुनावमा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समानुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको समानुपातिक सांसद सूचीमा रहेका एक उम्मेदवारले दाबी गरे।
समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् । \
पार्टीको वैचारिक धरातलबारे बाझिने अभिव्यक्ति
पार्टीभित्र सुशुप्त रुपमा रास्वपाको वैचारिक लाइन सेन्टर टु राइट (मध्यबाट दक्षिणपन्थ), सेन्टर टु लेफ्ट (मध्यबाट वामपन्थ) वा सेन्ट्रिजम (मध्यमार्ग) के हुने भन्ने विषयमा बहस चलिरहेको छ ।
चुनावअघि सभापति लामिछानेले वैचारिक हिसाबले रास्वपा ‘मिडल राइट’ (मध्यबाट दायाँ) अर्थात् मध्य दक्षिणपन्थी हुने बताएका थिए । तर, काठमाडौं–६ बाट निर्वाचित सांसद शिशिर खनालले पार्टीको वैचारिक लाइन ‘सेन्टर टु लेफ्ट’ (मध्यबाट बायाँ) भएको बताएका छन् । पार्टीबाट उम्मेदवार बनेकामध्ये सभापति लामिछानेको विचारसँग बाझिने गरी सार्वजनिक अभिव्यक्ति दिनेमा खनाल एक्ला होइनन् । काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठले दुवैभन्दा भिन्न तर्क पनि अघि सारेका छन् । उनको बुझाइमा रास्वपा ‘सेन्ट्रिजम’ (मध्यमार्ग) मा अडिएर ‘लेफ्ट–राइट’ गर्दै अघि बढ्नुपर्छ । पार्टी प्रवक्ता डा. मुकुल ढकाल चाहिँ पार्टी स्थापनाको छोटो समयमा चुनावमा होमिएकाले राजनीतिक प्रशिक्षणका लागि समय नहुँदा बुझाइमा केही फरक देखिएको हुनसक्ने देखिएको बताउँछन् । ‘खासमा पार्टी दर्ता भएकै दिन पनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा सभापतिज्यूले सेन्टर टु राइट भन्नुभएको थियो’, ढकाल भन्छन्, ‘भदौमा भएको पार्टी प्रशिक्षणमा पनि सेन्टर राइट नै भनेका थियौं ।’
चिह्न मात्र प्रयोग गर्ने सहमति !
काठमाडौं ५ मा रास्वपाबाट उम्मेदवारी दिएका डा. प्रणयशम्शेर राणा कुनै वादभन्दा पनि डेलिभरी बेस्ड पार्टी बनाउने भन्ने विषय आएकाले उम्मेदवारी दिनुअघि वैचारिक विषयमा धेरै छलफल नभएको बताउँछन् । पार्टीबाट उम्मेदवारी दिएका मध्ये डा. राणासहित शैक्षिक अभियन्ता शिशिर खनाल, विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट जोडिएका पुकार बम, विराजभक्त श्रेष्ठ लगायतले त्यसबेला रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मात्रै प्रयोग गर्ने सहमति गरेका थिए । काठमाडौं १ मा चुनाव लडेका बमले त चिह्न मात्र प्रयोग गर्न लिखित सम्झौता नै गरेको एक केन्द्रीय सदस्य बताउँछन् । सहमतिबारे जानकारहरुका अनुसार चुनाव अघि उनीहरुसँग सहमति गर्दा राष्ट्रिय मुद्दाबाहेकका विषयमा ह्वीप समेत नलाग्ने भनिएको थियो । चिह्न मात्र प्रयोग गर्ने सहमति गरेकामध्ये एक जना भन्छन्, ‘तर, निर्वाचित भइसकेको अवस्थामा पार्टीप्रति बफादार नहुने भन्ने हुँदैन । कसरी अघि बढ्ने भन्ने छलफल हुन्छ ।’
सत्ताको रेसबाट ‘आउट’ ?
नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन नयाँ सरकार गठनका लागि अग्रसर देखिएको छ । नेकपा एमाले पनि आफ्नो नेतृत्वको गठबन्धनमा रहेर चुनावमा गएका दलहरुलाई साथ लिएर आफ्नो पक्षमा बहुमत हासिल हुन सक्ने सम्भावनाको खोजीमा छ । प्रदेशहरुतिर पनि एमालेले कहाँकहाँ आफ्नो नेतृत्वमा सरकार गठन हुन सक्छ भन्नेमा सुक्ष्म विश्लेषणका साथ आवश्यक रणनीति बनाइरहेको देखिन्छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल यी दुवै ध्रुवको रोजाइमा पर्न सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा मात्र भाग लिएको थियो । यसर्थ प्रदेशसभातर्फ उसको उपस्थिति शून्य छ ।
१३ आश्विन २०७९, बिहीबार
तुहियो वैकल्पिक राजनितीको आश: विवेकशिल साझा पार्टी छिन्नभिन्न
गत १३ आश्विन २०७९, बिहीबार, वैकल्पिक राजनितीको नारा दिएर स्थापना भएको विवेकशिल साझा पार्टिको कार्यालय आन्तरिक विवाद बढ्दै गएपछि विवेकशील साझा पार्टीको बखुण्डोलस्थित पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको थियो । १३ आश्विनमा विवाद सतहमा आएपनी यो पार्टी महिनौ देखी समस्या ग्रस्त रहदै आएको थियो । हाल कायम रहेका राजनैतिक दलहरुले देश लाई सही दिशामा डोर्याउन नसकेको र वैकल्पिक राजनितिक धारहरु आवस्यक रहेको वकालत गर्दै आएका नेता तथा कार्यकर्ताहरुको जमात रहेको भनिएको पार्टी नै धेरै चोटी टुट्फुट हुनुले उनिहरु पनि अरु राजनितिक दल जस्तै रहेको बुझ्न गाह्रो छैन ।
पछील्लो चोटी २०७८ पौषको पैलो साता मात्रै एक विज्ञप्ति जारी गर्दै पार्टीका तत्कालिन अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी संयोजक मिलन पाण्डेलाई पार्टीबाट हटाएको जानकारी गराएका थिए। मिश्रले गत पुस पहिलो साता नै संयोजक मिलन पाण्डेलाई निष्कासन गरेका थिए । त्यसपछि उनको विचारसँग फरकमत राख्ने नेताहरू रमेश पौड्याल, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, धर्म मानन्धर, पुकार बम, अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, भरतरात पन्त, भुपदेव शाहलगायतलाई कारबाही गरिएको थियो । फुटको दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल २०७७ मंसिर २५ एक भएका थिए ।
उज्ववल थापा नेतृत्वको विवेकशील पार्टी र रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टी बीच एकता भई २०७५ साउन ११ गते विवेकशिल साझा पार्टी घोषणा भएको थियो । रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट बन्दै पार्टी एकताको १६ महिनामा नै विवेकशील साझा पार्टी फुटेको थियो ।
कोरोना सङ्क्रमित विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको १८ जेठ २०७८ मा मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपालको एक चर्चित स्कूल बुढानीलकण्ठबाट कक्षा १२ (ओ लेभल) सम्म अध्ययन गरेका , छात्रवृत्तिमा अमेरिकामा पढेर आएका उज्वल थापा उद्यमी थिए । उनी वेबपेज डिजाइनको काम गर्थे । राजनीतिलाई अहिलेको ‘मूल प्रवाह’ को राजनीति भन्दा भिन्न खालको जवाफदेही पारदर्शी र जिम्मेवार राजनीति गर्नुपर्छ भन्ने उनको ध्येय थियो ।
प्रख्यात संचार माध्यम बिबिसीको नेपाली सेवाका संचारकर्मी मिश्र कुनै बखतका प्रखर पत्रकार हुन। वरिष्ठ साहित्यकार तथा चित्रकार मनुजबाबु मिश्रका छोरा रवीन्द्र मिश्रको जन्म काठमाण्डौको चाबहिलमा भएको थियो भने मिश्रले नेपालको त्रिभुवन विश्वविद्यालयबाट प्रमुख अंग्रेजीमा स्नातकोत्तर गरे लगत्तै पत्रकारितामा स्नातकोत्तर डिग्री हासिल गर्न पाकिस्तानको पंजाब विश्वविद्यालय पुगेका थिए । सन १९९५ मा बीबीसी विश्व सेवामा बीबीसी नेपाली सेवाको निर्माताको रूपमा सम्मिलित मिश्र सन २००० मा बीबीसी नेपाली सेवाको प्रमुख सम्पादकको रूपमा नियुक्त भएका थिए । मिश्रका एक छोरा र एक छोरी विदेशमा अध्ययनरत छन।
मिश्र अन्तत: २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरुलाई नै संशोधनको एजेन्डा बोकेर हिंडेको राप्रपा प्रवेश गरेका छन ; वरिष्ट उपाध्यक्षको पद सहित । पार्टीभित्र ‘विचारभन्दा माथि देश’ भन्ने नाराअघि सारेर हालको व्यवस्थाभन्दा फरक ढंगले अघि बढ्ने आफ्नो एजेन्डा अनुमोदन गराएपछि मिश्र राप्रपासँगको एकतातर्फ मोडिएका हुन् ।
यि घटनाहरु पछी नेपालमा वैकल्पिक राजनितिको नारा दिएर उठेको पार्टी अन्तत छिन्न भिन्न हुने प्रष्ट भएको छ र पुरानै पार्टीहरु नै देशमा पुन जनादेशद्वारा सासन सत्तामा आउने निश्चित भएको छ ।