अस्पताल तयार तर आवश्यक जनशक्ति अभाव – अध्यक्ष तामाङ



इन्द्रवाती गाउँपालिकामा १५ शैय्याको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथामिक अस्पताल आइतबार एक कार्यक्रमबीच समुद्घाटन भएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अस्पतालको उद्घाटन गरेका हुन् । हरेक नागरिकलाई स्वास्थ्यको पहुँमा पु¥याउनु अहिलेको सरकारको पहिलो प्र्राथमिकता रहेको पनि उनले बताए ।

 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङ ले अस्पताल तयार भएको तर आवश्यक जनशक्ति अभाव रहेको गुनासो पोख्दै, केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी जनशक्ति अभावलाई समाधान गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने वताए ।

 

File Photo: Indrawoti Rural Municipality

 

अध्यक्ष तामाङका अनुसार इन्द्रावती गाउँपालिकाका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको छ ।

 

 

नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था

३ बैशाख २०७८: चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो । यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा नं १० मा कठार स्वास्थ्यचौकी, वडा नं २ मा चैनपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कुमरोज स्वास्थ्यचौकी र वडा नं १३ मा नगर स्वास्थ्य क्लिनिक र बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताउनुभयो ।

 

खैरहनीको वडा नं १, ३, ४, ५, ७, ८, ९ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरिएको अधिकारीले जानकारी दिनुभयो । यसअघि स्वास्थ्य संस्था नभएका वडाका स्थानीयवासीले अब आफ्नै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्नेछन् । आधारभूत स्वास्थ्य केन्द्रमा अहेव, अनमी र एक कार्यालय सहयोगी नियुक्त गरिएको छ । वडा नं ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका नर्सिङ अधिकृत पूजा गिरीले बताउनुभयो । केन्द्रबाट परामर्शसहित बिरामीको आवश्यकतानुसार निःशुल्क औषधि वितरणसमेत हुने उहाँले बताउनुभयो । आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन शुरु गरेका छन् ।

 

खैरहनीमा १५ शय्याको अस्पतालसमेत निर्माणको प्रक्रियामा रहेको छ ।

Comments Box