हाम्राे बारे



हाम्रा माझमा भएका समाचारमूलक थुप्रै अनलाइनहरू भन्दा हामी भिन्न छौँ । पत्रकारिताका आधारभूत मान्यतामा हामी अरुसँग समान छौँ तर, हाम्रो विषयवस्तु र शैली फरक छ। फरक सोच, फरक स्वरुप र फरक विषयवस्तुले हामीलाई भिन्न पहिचान दिएको छ। खास गरी हिमाली भेगका विषयवस्तु, त्यहाँको विकास निर्माण, संस्कृति, वातावरण हाम्रो मुख्य चासोका विषय हुन्। र सँगसँगै राजनीतिलाई पत्रकारिताको माध्यमबाट उजागर गर्ने, प्रवर्ध्दन गर्ने र घच्घच्याउने हाम्रो प्रयत्न रही आएको छ।

 

पत्रकारिता अब केवल अक्षर र तस्बिरको मात्रै माध्यम रहेन। श्रव्यदृश्यबिनाको पत्रकारिता अलिनो महसुस हुन थालिसकेको छ। श्रव्यदृश्य सामग्रीको प्रयोगमा हामी निरन्तर प्रयत्यनशील छौं। अनलाइन पत्रकारिता ब्रेकिङ न्युजको प्रतिस्पर्धात्मक कमजोरीले आलोचित पनि हुने गरेको छ। त्यसमा हामी सचेत छौं, हाम्रो उद्देश्य ब्रेकिङ न्युजको प्रतिस्पर्धा पनि होइन। पत्रकारिताको आधारस्तम्भ विश्वसनीयता हो, यसैमा हामी खरो उत्रदै आएका छौं। जुन विषयवस्तुले कहिल्यै मूलधारको माध्यममा कहींकतै ठाउँ पाएका छैनन्, ती विषय हाम्रा सामग्री भएका छन्। आलोचनात्मक चेतसहितको खबरदारी गर्ने पत्रकारिताको मर्मलाई प्रतिबिम्वित गर्दै समाजलाई सकारात्मक दिशाउन्मुख गराउने हाम्रो उद्देश्य हो।

 

सुशासन, पारदर्शिता र जनउत्तरदायी शासनप्रशासन प्रजातन्त्रका तत्व हुन्। पत्रकारिताका माध्यमबाट हाम्रो जोड यसैमा रही आएको छ। विधिको शासन र कानुनको सफल कार्यान्वयनले मात्रै प्रजातन्त्र बलियो हुन्छ भन्नेमा हामी दृढ विश्वास राख्छौं। नेपालको संविधान, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशीकरण जस्ता नेपाली जनताले दशकौंको संघर्षपछि प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै सृदृढ बनाउन मद्दत गर्ने काम हामी पत्रकारिताकै माध्यमबाट गरी आएका छौँ। आम पाठक तथा दर्शकको सुझाव, सल्लाह र प्रतिक्रिया हाम्रा लागि सधैं स्वागतयोग्य र मार्गदर्शन हुनेछन्।

 

सम्पर्क

ठेगाना: का. म. न. पा. २६, काठमाडौँ, नेपाल

ईमेल : info@tilichonews.com , tilichonews@gmail.com

सम्पर्क नं: ९८१३२९०६५८, ९८४७६८८३८३

Comments Box