मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू



काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक भएको छ ।

 

 

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले एसियाली विकास बैङ्कबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय  गरेको गुरुङले जानकारी दिनुभयो ।

 

एसियाली विकास बैङ्कबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर एक सय मिलियन करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय भएको गुरुङले बताउनुभयो ।

 

सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

 

बैठकले दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानीका साथै प्रविधि तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले  ६० करोड रुपैँया ऋण दिने निर्णय गरेको छ ।

 

विम्स्टेक कृषि मन्त्री स्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक चैत १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । त्यस्तै भदौ ३१  गते काठमाडौंमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौँ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गरी वार्ता टोली गठन गर्ने निर्णय बैठकले गरेको छ ।

 

बैठकले दूरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रबन्ध निर्देशक पदमा सङ्गीता पहाडी अर्याललाई, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै बैठकले बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख नगद पुरस्कार दिने निर्णय पनि गरेको छ भने संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका जानको लागि प्रधानमन्त्रीको संयोजकत्वमा टोली गठन गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।

यस्ता छन् निर्णहरु :

Comments Box