प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओली सँग प्रश्नोत्तर हुने



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

 

बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा कानुन मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

Comments Box