ओलि र आलेको जुहारी (भिडियो सामाग्री ) ; एमाले कुईन्टल हो , आधा किलोमा झार्नुस !



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई एक/एक किलोका ढकको संज्ञा दिएका छन्। उनले एमालेचाहिँ सिंगै एक क्विन्टलको ढक रहेको दाबी गरे। भक्तपुरमा व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको तरकारी बजार उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।

 

 

 

पर्यटनमन्त्री प्रेम आलेले भक्तपुरमा नै भएको एक कार्यक्रममा बताए एक कुईन्टलको एमालेलाई एक के.जि को बनाउनुस र तेस्मा आफ्नो साथ रहने छ ।

 

१६ पुष २०७८

सिईओ लाई साँढे भन्ने (भिडियो) मन्त्री सहित नौ जनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सव थियो । विभागिय मन्त्री प्रेम आले नजाने त कुरै भएन । भाईरल मन्त्रीले कस्तो भाषण गर्लान भन्ने सबै को चासो हुने नै भयो ।

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) धनञ्जय रेग्मीमाथि सार्वजनिक रुपमै गालीगलौज गरे । कार्यक्रममा मन्त्री आलेले रेग्मीलाई ‘साँढे’ भन्दै गालीगलौज गरेका हुन् । सीईओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने, ‘धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’

 

लण्डनको प्रसंग

‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’

 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा रेग्मीलाई पर्यटन बोर्डको सिइओ पदमा नियुक्त गरेको थियो । रक्सिको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीसँग झगडा गरेपछि उनी विवादमा तानिएका थिए । त्यसपछि पदको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा उनी यही पुस  २ गते निलम्बनमा परेका थिए । तर सर्वोच्च अदालतले यही पुस १४ गते रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

 

पर्यटनमन्त्री आलेसहित नौ जनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

माघ २७ । काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।सिइओ रेग्मीले दायर गरेको मुद्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।

 

आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानबिनको नाममा प्रतिवेदन बुझाउनुका साथै स्पष्टीकरणसमेत सोध्ने काम गरेको भन्दै मंगलबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। बोर्डले सिइओ रेग्मीमाथि छानबिन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। रेग्मीलाई कारबाहीको प्रतिवेदनमाथि जवाफ दिन एक हप्ताको समय दिइएको छ।

 

न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई फागुन २ गते पुनः बोलाएको छ। तर यता बोर्डले आफूखुसी सर्वोच्चको आदेशविपरीत काम गरेको भन्दै मन्त्री आलेसहित सञ्चालक समितिका सदस्य र आमन्त्रित सदस्यलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।

सिइओ रेग्मीले मन्त्री आलेसहित पर्यटन सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्र रिजालसहित अन्य सदस्य र पर्यटन विभागका महानिर्देशक तथा आमन्त्रित सदस्य तारानाथ अधिकारीसहित ९ जनाविरुद्ध मानहानि र अवहेलनाको मुद्दा दायर गरेका हुन्। त्यस्तै बोर्ड सदस्य पम्फादेवी धमला, विप्लव पौडेल, डावा ङिमा शेर्पा, कृष्णकुमार शाह, होमप्रसाद लुइँटेललाई पनि विपक्षी बनाइएको छ।

 

Comments Box