![](
https://tilichonews.com/wp-content/uploads/2024/01/420048327_933424991485147_3243214911326317860_n.jpg
)
काठमाडौं।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा विभिन्न पार्टी परित्याग गरी ती पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
उहाँहरूलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभयो । बलियो शक्ति बनाउन कम्युनिष्टहरु विभाजित भएर नहुने उहाँले प्रष्ट पार्नुभयो ।
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
गुरुङले देशका कम्युनिष्ट एक भएर बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने गुरुङले बताउनुभयो ।
गुरुङले अब विभाजित गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले सबैलाई नेकपा एमालेको छातामा एकत्रित हुन पनि आह्वान गर्नुभयो । त्यसो गरियो भने मात्र समाजवादको बाटोमा अघि बढ्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।