‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्न अध्यक्ष ओलीको आग्रह ,



नेकपा एमालेका केन्द्धीय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमा लेख्नु भएको छ,
पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो ।
यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो ।
मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सयर गर्दै आइरहेको छु ।
आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल Subscribe  गर्नुहोस्न है।

Comments Box