एकीकृत समाजवादी नवलपुर जिल्ला अध्यक्षसहितका नेता – एमाले प्रवेश



कावासोती । नेकपा एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष अध्यक्ष झविलाल राना मंग्लवार  नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । सो पार्टीका प्रदेश सचिवालय सदस्यहरू दुर्गा भुर्तेल, खगराज कँडेल, नवलपुर जिल्ला उपाध्यक्ष एवं युवा संघ इन्चार्ज प्रेम पाण्डेसहितका नेताहरू पनि एमाले प्रवेश गर्नुुभएको छ ।

 

त्यस्तै नेकपा माओवादीका जिल्ला सदस्य तुलसीराम अर्याल, डनु गिरी, टीकाराम पाण्डे, कावासोती–१३ का अध्यक्ष जीवन सापकोटा लगायत कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरूलाई नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुव्वा गुरुङले पार्टीमा स्वागत गर्नुभयो ।

 

कार्यक्रममा उपमहासचिव गुरुङले उहाँहरूलाई पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य मना केसी, केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र तिलक महतसहित प्रदेश कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।

Comments Box