को होलान एमाले संसदिय दलका उपनेता र सचेतक ?

प्रमुख सचेतकले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुनेदेखि संसद् सुचारु गर्न सहयोगी भूमिका निर्वाह गर्ने तथा विधेयकहरू संयोजन गर्ने जिम्मेवारी



मंसिर ४ मा सम्पन्न निर्वाचनमार्फत प्रतिनिधि सभामा ७८ सिटसहित दोस्रो ठुलो दल बनेको नेकपा एमालेले चुनाव सम्पन्न भएको अढाई महिना बित्दा पनि संसदमा दलको उपनेता, प्रमुख सचेतक र सचेतक तोक्न सकेको छैन ।

 

 

सो पार्टीले संसदीय दलको नेतामा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित गरिसकेको छ । एमाले संसदीय दलको संशोधित विधान २०७७ को व्यवस्था अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक तोक्ने व्यवस्था छ ।

 

दलको उपनेताले दलको नेतासँग समन्वय गरेर अगाडि बढ्ने लगायतका जिम्मेवारी रहेका हुन्छन् भने प्रमुख सचेतकले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुनेदेखि संसद् सुचारु गर्न सहयोगी भूमिका निर्वाह गर्ने तथा विधेयकहरू संयोजन गर्ने जिम्मेवारी हुन्छ ।


पहिलो पटक संसदीय चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउतलाई सर्वसम्मत चयन गरेको छ ।

डा. राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । सो पार्टीले संसदीय दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह र सचेतकमा विनिता सिंह दनुवारलाई चयन चयन गरेको छ ।

 

यस्तै सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मु चयन भएको जनमत पार्टीले जनाएको छ ।

 


 

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले उनलाई उपनेतामा चयन गरेको हो । श्रेष्ठ काठमाडौं ८ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

 

 

यस्तै बैठकले सन्तोष परियारलाई प्रमुख सचेतकमा चयन गरेको छ । सचेतक तोक्ने जिम्मेवारी भने प्रमुख सचेतक परियारलाई दिइएको छ ।

Comments Box