चीनको तिब्बत र ताप्लेजुङ जोड्ने ‘टिपताला नाका’; ३ वर्षदेखि बन्द, सामान ६ गुणा महँगो

फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ



कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।

 

लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ ।

 

यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए । गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए ।

 

दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ । व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन ।

 

खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ । फुङ्लिङमा प्रतिकिलो रु ३० पर्ने नुन ओलाङचुङगोलामा रु दुई सय पर्छ । अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ ।

 

याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन् । यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार र गलैँचा उत्पादन हो । घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे । गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए ।

 

रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए । तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ । यहाँका उत्पादन नेपाली बजारमा पु¥याउन भौगोलिकरूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

 

सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ । फुङ्लिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा र थुदाम पुग्न दुईदेखि तीन दिन लाग्छ । ओलाङ्चुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् ।

 

यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले सङ्कलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो । अहिले झापाको विर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ ।

 


चिराइतोले बजार नपाएपछि खेती छाड्दै

फुङ्लिङ, ११ फागुन (रासस): विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उहाँ सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुनुहुन्छ । जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उहाँ स्थापित हुनुभएको हो ।

 

केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरांै हुन्थे । विगतमा उहाँ नकै व्यस्त हुनुहुन्थ्यो चिराइतो सङ्कलन गर्न । तर आजभोलि उहाँ निकै फूसर्दिलो हुनुभएको छ । किन कि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ । उहाँले भन्नुभयो,“अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।” विगतमा ४० केजीको २८ हजारमा घरमै चिराइतो खरीद गर्न व्यापारी आउने गरेको शेर्पाले बताउनुभयो । अहिले चिराइतोको मूल्य नभएकाले कुनै पनि व्यापारी नआएको शेर्पाले बताउनुभयो । मानवीर राईले विगतमा एक सय मन चिराइतो उत्पादन गर्नुहुन्थ्यो ।

 

अहिले उहाँको घरमा औषधिको लागि ६÷७ केजी मात्र छ । उहाँले चिराइतोको बजार नभएपछि व्यवसाय परिवर्तन गरिसक्नुभयो । त्यस्तै फक्ताङलुङ गाउँपालिका– ६ का राजकुमार राई पनि चिराइतो खेती गर्न छोड्ेर अहिले सामान्य मिस्त्री काम गर्न लागेको बताउनुभयो । विगतमा चिराइतो खेती गर्ने अहिले प्रायः सबैले व्यवसाय परिवर्तन गरेका छन् । विगतमा एक मन चिराइतो रु दुई हजार ६००मा बिक्री हुन्थो । हिमाली समुदायका चिराइतो कृषकले राम्रो आम्दानी गर्थे । जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् । चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ ।

 

यो दुई वर्षसम्म बाँच्ने जिल्ला वन कार्यालय ताप्लेजुङका कर्मचारी कमला खतिवडाले बताउनुभयो । ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने खतिवडाले बताउनुभयो । ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ ।

 

अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी तापलेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ । गत वर्ष इलाम, पाँचथर र सङ्खुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङगोला नाका हँुर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङदाक शेर्पाले बताउनुभयो ।

 

कोरोनाको कारणले ओलाङचुङगोला तर्फको टिपताला नाका ११ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर अहिले कारोवार नभएको र नाकासम्म पु¥याउँदा जहिले पनि १६ हजारसम्म बिक्री गर्न सकिने शेर्पाले बताउनुभयो ।

Comments Box