ङिस्याङ मनाङ वुमेन सोसाईटिले गोरखाको कासी गाउँ र केरोजा गाउँका श्री केरोजा विद्यालयका ४ सय २, श्री गण्डकी विद्यालयका २४७ विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरेको छ । गोरखाको बेसीस्थित श्रीशिव विद्यालयका ४४ विद्यार्थीलाई पञ्जा टोपी, मफलर, जुत्ता र मोजा वितरण गरेको छ।
यसअघी सोसाईटीले चितवनको ईच्छाकामना गाउँपालिकाका ४ सय ६ चेपाङ गाउँलेलाई ज्याकेट वितरण गरेको थियो । ओर्लाङ र मायाटार गाउँको राष्ट्रिय आधारभुत विद्यालयका ३०९ चेपाङ विद्यार्थीलाई पनि नगद र बिस्कुट वितरण गरेको थियो ।
सोसाईटीमा आवद्ध महिलाहरुले निकै अघी देखी समाज सेवामा उत्कृष्ट कार्यहरु गर्दै महिला सशक्त्तिकरणको अनुपम उदाहरण पेश गर्दै आएका छन ।
३ असार २०७९, शुक्रबार
सशक्त्तिकरणको अनुपम उदाहरण – ङिस्याङ मनाङ वुमेन सोसाईटि
ङिस्याङ मनाङ वुमेन सोसाईटि (Nyesyang Manang Women Society, NMWS) ले भर्खरै मात्र मनाङ जिल्लाको विभिन्न ठाउँमा वालवालिका र जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने सप्ताहव्यापी कार्यक्रम सन्चालन गरेको छ ।
गत साता सोसाईटीका सदस्यहरुले मनाङको नार्पाभुमी वाहेकका सबै गाउँपालिकाका विभिन्न ठाउँहरुमा लगायतका पुगी सामाग्रीहरु हस्तान्तरण गरेको छ । नार्पाभुमी गाउँपालिकामा भने मौसम अनुकुल भएका बेला पुग्ने उनिहरुको उद्देश्य रहेको छ ।
सोसाईटीकि वर्तमान अध्यक्ष कमला गुरुङका अनुसार सोसाईटीले मनाङका स्कुलहरुमा पुगेर वालबालिकालाई साबुन, जुत्ता, मोजा तथा न्यानो कपडाहरु वितरण गरेको हो । यसैगरी जेष्ट नागरिकहरुलाई समेत साबुन, जुत्ता, मोजा, न्यानो कपडा तथा आर्थीक सहयोग पनि गरेको छ ।
आफुले गर्न चाहेमा घरको जिम्मेवारी बोकेका महिला हुँदा पनि उत्कृष्ट कामहरु गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्ने गरेको सोसाईटिमा आवद्ध महिलाहरु बताउँछन । त्यो माथि झन राम्रो काम गर्ने टिम मिल्दा अझ प्रवाभकारी काम गर्न सकिने अनुभव पनि गरेका छन उनिहरुले ।
सुरुवात
ङिस्याङ मनाङ वुमेन सोसाईटि २०६८ सालमा ७ जना बाट सुरु गरिएको हो । अहिले भने माथिल्लो मनाङका ७ वटै गाउँका महिलाहरु यसमा आवद्ध छन । सुरुदेखी हरेक सदस्य बाट मासिक ५०० का दरले पैसा उठाएर कोष सन्चालन गरिदै आएको छ । काम गर्दै जादाँ आफन्तहरु बाट साथ पाउदै गएको सोसाईटिकि संस्थापक अध्यक्ष छेटे गुरुङले बताईन ।
स्थापना कै साल २०६८ मा मधेसमा पहाडीलाई लखेटछन भन्ने आम धारणा हुँदा हुँदै सोसाईटीले महोत्तरीमा आएको वाढीबाट पिडितहरु लाई राहत पुर्याएको थियो ।
मनाङ मात्र होईन देश सेवा गर्ने उद्देश्य
जता पनि आपत-विपद परेको बेला त्यस ठाउँमा पुगेर आफुले सकेको सहयोग गरौं भन्ने लाग्छ सोसाईटिका सदस्यहरु लाई । बर्दियामा वाढी पहिरो आउँदा आफुहरु , आफ्न्त र साथी भाईसँग मिलेर रकमको जोहो गरी लत्ता कपडा , ओड्ने ओछ्याउने सामाग्री तथा खाध्यान्न लिएर सोसाईटी पुगेको थियो ।
२०७२ साल को भूकम्प ले देश नै आक्रान्त परेको बेला NMWS देश का १४ जिल्ला मा विभिन्न राहत सामाग्री लिएर गयो । त्यतिबेला मनाङ समाज सेवा समिती ले सहयोग जुटाउन ठुलो साथ दिएको थियो । देश विदेश मा रहेका मनाङ वासी हरु ले समेत होस्टे मा हैसे गरेका थिए ।
विश्वव्यापि कोरोना भाईरसको सङ्क्रमणले स्वास्थ आपतकाल मात्र निम्त्याएन कि दैनिक जनजिवनमा समेत निकै प्रभाव पार्यो । लकडाउनका कारण कतिपय मानिसहरुको रोजी रोटी नै खोसियो । त्यस्तो बेलामा पनि मानविय सहायताको निम्ती सोसाईटी अग्रसर भयो । सामाजिक सन्जाल र सन्चार माध्याममा मानिसको दुख देखेपछी सोसाईटी कै अगुवाहीमा खाने खुवाउने कार्यक्रम सन्चालन गर्यो । एकैठाउँमा धेरै मान्छे जम्मा गर्दा सन्क्रमण झान वड्ने कुरा लाई मध्य नजर राख्दै खाना प्याकिङ गरेर विभिन्न ठाउँमा पुर्याउने कार्यमा समेत सोसाईटी संलग्न भयो । यो काम भने मनाङ मर्स्याङी क्लव , मनाङ समाज सेवा समिती र ङिस्याङ मनाङ वुमेन सोसाईटि मिलेर गरेको कार्य थियो ।
अभिरल वर्षा, वाढी, पहिरो पछी राहत
२०७८ जेष्ट अन्तिममा र असारको सुरुमा नै मनाङमा भिषण वर्षा, वाढी र पहिरोले आम मनाङ वासीमा ठुलो समस्या सिर्जना गर्यो । मनाङ सडक सन्जालबाट पूर्ण रुपमा विच्छेद भयो भने कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय झन विग्रदा धेरै नै गाह्रो अवस्थाको सिर्जना गर्यो ।
यस्तो बेलामा सोसाईटीले मनाङ मर्स्याङ्दी क्लव सँग मिलेर मनाङका सबै ठाउँमा घरमा अति आवस्यक पर्ने वस्तुहरु र महिला दिदी बहिनी लाई महिनावारी स्वछता को लागी चाहिने sanitary सामाग्रीहरु समेत लिएर गएको थियो । यो कार्य ‘सोसाईटी’ले मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेसँग सरकारी तथ्याङ्क लिएर सन्चालन गरेको थियो । सरकारी निकाय सँग उचित समन्वय भएकाले समेत त्यो बेला राहत वितरण सहज भएको अनुभव सोसाईटीसँग छ ।
सोसाईटीले जाडोको समयमा ओर्लाङका चेपाङ विध्यार्थी , नालाका बौद्ध भिक्छुहरु आदी लाई समेत आवस्यक पर्ने जुत्ता, लत्ता-कपडा आदी वितरण गरेको थियो ।
हरेक साल सोसाईटीले काठ्मान्डौ स्वयम्भुमा रहेको मनाङ गुम्वामा जेष्ठ नागरिकहरुलाई पिकनिक समेत आयोजना गर्दै आईरहेको छ ।