पेट्रोलियमको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन; होला कार्यन्वयन ?

अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको



प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिए ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई बोलाएर प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।

 

यो पनि पढ्नुहोस 
घाटा थेग्नै नसक्ने अवस्थामा निगम, मूल्य स्थिरीकरण कोष प्रभावहीन

 

पछिल्लो समय इन्धनको मूल्य समग्रमा घटेर आउँदा नेपाल आयल निगम पाक्षिक करिब ९९ करोड नाफामा रहने अनुमान छ । यद्यपि पहिलेको नोक्सानका कारण निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब छ । त्यही बक्याैता र ऋणका कारण निगमले मूल्य घट्दा पनि समायोजन गर्न चाहिरहेको छैन ।

 

यो पनि पढ्नुहोस 
दक्षिण एसियामै नेपालको पेट्रोलियम ढुवानी भाडादर सबैभन्दा उच्च !

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

काठमाडौं, १८ साउन: पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

 

अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन ।

 

इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ । तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित भएका छन् ।

Comments Box