तीन वर्षदेखि आयात मात्र हुँदै आएको केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेको



चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।

 

आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ ।

 

सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो । नेपाली भाषा र केही सामग्रीहरूमा अंग्रेजी भाषामा मात्र लेबलिङ गरिएको भन्दै चिनियाँ पक्षले सामग्री लैजान रोक लगाएको थियो ।

 

नेपालबाट चीनतर्फ खाद्य वस्तुमा मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, कुचोलगायतका वस्तुहरू निर्यात हुँदै आएको थियो ।

Comments Box