डोल्पा, २४ पुस ः पिठयुमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर र्फकँदै गरेकी डोल्पाको मुडकेचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला । झोलङ्गे पुल नहुँदा स्थानीयहरु दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन । तस्वीर ः रामचन्द्र न्यौपाने÷रासस
म्याग्दी, २४ पुस ः म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा आरनमा हँसिया बनाउँदै पदमबहादुर विक । पदमबहादुरले १५ वर्षदेखि आरन व्यवसायबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर ः सन्तोष गौतम÷रासस
याक गोठ र आलु
समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा याक गोठालो बस्ने गोठ ।
समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु ।
यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने गर्दछन् । हिउँका कारणले यस क्षेत्रमा आलुबाहेक अन्य खेती हुदैन ।