मनोनयन दर्ता गर्न प्रचण्ड गोरखामा



माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आइपुगेका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी गोरखा आइपुगेका हुन्।

 

चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन्। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ।

 

निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ।

 

यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डले चितवनको क्षेत्र नं ३ बाट ४८ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए।

 

चितवनबाटै चुनाव लड्ने निश्चित जस्तै ठानिएको बेला प्रचण्ड गोरखा जानुले चितवनका मतदाताहरूमाझ अहिले तर्कवितर्क चल्न थालेको छ।

 

 

 गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता हरिशरण आचार्यले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईले अपराध गरेको भन्दै विरोध गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ गोरखा-२ बाट लड्ने निर्णय आउनासाथ आचार्यले फेसबुक स्टाटस लेख्दै बाबुरामले गोर्खाली जनतालाई धोका दिएको बताएका छ्न् । `बाबुरामबाट गोरखाली जनतालाई ठूलो धोका । पाप एकदिन धुरीबाट कराउँछ,´ उनले लेखेका छ्न् ।

 

चितवनबासीका लागि दुर्भाग्य – रेणु दाहाल

प्रचण्डले चितवन छाड्ने भएपछि उनकी पुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले यसलाई दुर्भाग्यपूर्ण भनेकी छन्। प्रचण्डको चुनावी कमान्डरसमेत तोकिएकी रेणुले प्रचण्डलाई गोरखा लैजाने निर्णय चितवनबासीका लागि दुर्भाग्य भएको बताएकी छन्। ‘दुखद चितवनवासीका लागी दुर्भाग्य स्तब्ध,भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागार गर्नेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

 

सांकेतिक महत्वको विषय –  डा बाबुराम भट्टराई

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहँको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाँको शानदार विजयको हार्दिक शुभकामना,’ बाबुरामले भनेका छन्।

Comments Box