आफ्नै पार्टी विरुद्द खबरदारी ; देउवाहरु एक्लै चुनाव लडुन्

४० प्रतिशत हिस्सा नपाए शेखर कोइराला र गगन थापाहरूले टिकट च्यातेर आउनुपर्छ



सत्तारुढ दल नेपाली कांग्रेस संस्थापन इतर समूहले आज शनिबार खबरदारी सभा आयोजना गरेको छ। नयाँ बानेश्वरमा आयोजना गरिएको भेला नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइमा आयोजना भएको हो।

 

टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै आयोजना गरिएको यो भेलालाई अवसर र न्यायका लागि आयोजना गरिएको नेताहरुले बताएका छन्।

भेलामा संस्थापन इतर समूहका नेता शेखर कोइराला र उनको समूहबाट पदाधिकारीहरु भने उपस्थित छैनन्।

 

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ। साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ।

 

नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाहीले समानुपातिक सूची सच्याएर प्रत्यक्षतर्फ कम्तिमा ४० प्रतिशत टिकट नपाए शेखर कोइराला र गगन थापा लगायतका नेताहरूले टिकट फ्याँकेर कार्यकर्तासँग आउनुपर्ने बताएका छन् ।

 

 

शनिवार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश समितिको सभापतिमा पराजित भएका नेता शाहीले शेखर समूहलाई मत दिएका कारण टिकटबाट वञ्चित भएका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने चेतावनी दिए ।

 

शाहीले भने– शेखर कोइराला,गगन थापा,धनराज गुरुङ,बद्री पाण्डेहरूले मात्र टिकट पाएर हुन्छ रु तपाईँहरूका कारण हाम्रो भविष्य समाप्त हुँदैछ । यदि समानुपातिक सूची खारेज गरेर बराबरी सीट नदिए र ४० प्रतिशत भन्दा एक सीट पनि कम दिए शेखर, गगन र धनराजहरुले चुनाव लड्दिन भन्नुपर्छ, टिकट फालेर आउनुपर्छ । देउवाहरु एक्लै चुनाव लडुन् ।

 

देउवाले पार्टीभित्र कार्य समितिमा बहुमत छ भनेर अर्को पक्षलाई पेल्न खोजेको भन्दै १६७ जनाको बहुमत देखाएर ४० लाख मत ल्याउन नसकिने शाहीले बताए । उनले १६ गते अगाडि नै समानुपातिकको सूची खारेज गरेर ४० प्रतिशत हिस्सा नदिए विद्रोह हुने र त्यसको जानकारी देउवालाई दिई सकिएको बताए ।


१५ बैशाख २०७९, बिहीबार

बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

 

आज अपिल जारी गर्दै सभापति देउवाले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् ।

 

उनले गठबन्धन भएका ठाउँमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवारलाई र नभएका ठाउँमा पार्टीका एकल उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन् ।

 

चितवनलगायत विभिन्न जिल्लाका कांग्रेसकै कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । यसअघि नेता शेखर कोइरालाले पनि विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेहरूलाई पार्टीको मुलप्रवाहमा आउन आह्वान गरेका थिए ।

Comments Box