कांग्रेस लमजुङबाट प्रतिनिधिसभा सदस्यमा जिल्ला सभापती डा.गुरुङ सहित १२ जना सिफारिस

प्रदेश समितिले सिफारिस गरी केन्द्रीय समितिमा पठाउने



मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य निवार्चनमा उम्मेदवारका लागि नेपाली कांग्रेस लमजुङबाट १२ जना आकांक्षी देखिएका छन् ।

 

जिल्ला कार्य समितिको शुक्रबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ ।

 

प्रत्यक्षतर्फ तुलसीनारायण श्रेष्ठ, डा. टकराज गुरुङ, विष्णुप्रसाद धिताल, चन्द्रबहादुर कुँवर, यमबहादुर गुरुङ, डा. बासुदेव गिरी र तिर्थबहादुर थापाको नाम सिफारिस भएको छ ।

 

समानुपातिकतर्प गर्जबहादुर गुरुङ, कोपिला विक, तिरकाशी गुरुङ, कृष्णमाया वि क र सुभनाथ मिश्रको नाम सिफारिस गरी प्रदेश समितिमा पठाएको जिल्ला सचिव कृष्णबहादुर अधिकारीले बताउनुभयो ।

 

प्रदेश समितिले सिफारिस गरी केन्द्रीय समितिमा पठाउनेछ ।

 

जिल्ला कार्य समितिका अध्यक्ष डा. टकराज गुरुङको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका नेता दिलबहादुर घर्ती, रामबहादुर गुरुङ, चन्द्रबहादुर कुँवर, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, शंकरकान्त जोशी, कृष्णप्रसाद कोइराला, भेषबहादुर पौडेललगायतको उपस्थिति थियो ।

Comments Box