सप्तकोसीको बाढी मानव वस्तीमा पस्यो; धारै परिर्वतन हुन सक्ने खतरा

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ



उदयपुर, १८ साउन: बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन ।

 

सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन ।

 

पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी मानव वस्तीमा पसेको र सो क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिएको नगर प्रमुख अशोक कार्कीले बताए ।

उनका अनुसार बुधवार बिहानसम्म करिब २५ मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ भने कटानको क्रममा जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरामा पनि उत्तिकै रहेको भन्दै स्थानियलाई सुरक्षित स्थातर्फ जान अनुरोध गरिएको कार्कीले जानकारी दिए ।

Comments Box