मन्त्री शशी श्रेष्ठले गरिन् ‘कीर्ते’ नियुक्ति

नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरि मुद्दा  चलाएको छ



काठमाडौं, १० साउन : भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेकी छन् । भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् ।

 

सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी सस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन् ।

 

मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरि मुद्दा  चलाएको छ ।


२० असार २०७९, सोमबार

माओवादी केन्द्रिय समितिमा प्रचण्डका भाई, जेठी छोरी र सम्धी पछी कान्छी छोरी–ज्वाँई पनि

नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्।

 

आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन ।

 

सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाई नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रिय समितिमा अटाएका थिए ।

Comments Box