काठमाडौं, ९ साउन : सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो ।
https://youtube.com/shorts/LPYZrP71Pck?feature=share
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् ।
प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाउँदै युवाहरु विरोधमा उत्रिएका हुन् ।
नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परेका छन् । तर, उनीहरुको परिचय खुलाइएको छैन ।
Comments Box