‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’?

गत फागुन १७ गते अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गरेसँगै अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या बाक्लिएको छ।



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।

 

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्।

 

‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’ उनले भने ।


प्रधानसेनापति शर्मा अमेरिका भ्रमण

काठमाडौं, १७ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ ।

 

प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन् । आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

 

प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नेछन् । लेबनान र सिरियाको निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति शर्मा अमेरिका जाने कार्यक्रम रहेको छ । असार १३ देखि १७ गतेसम्म उनले अमेरिकाको भ्रमण गर्नेछन् ।

 

‘उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले जनाएको छ ।

 

नेपालले आउने कात्तिक/मंसिरलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको हो । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन ।

 

उच्चस्तरको अमेरिकाको औपचारिक भ्रमण

नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो ।

 

नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।

 

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले दुई पटक (सन् २००७ र २००८) नेपालको व्यक्तिगत भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको संस्थापकका रूपमा आएका हुन् । अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए । सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी (फस्ट लेडीको हैसियतमा) आएकी थिइन् ।

 

गत फागुन १७ गते अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गरेसँगै अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या बाक्लिएको छ।

 

Comments Box