काठमाडौं, २८ असार : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।
जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् ।
जसपा को समयचक्र
वैशाख १० गते, २०७७: समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको
जेठ २०, गते, २०७७: दल दर्ताका लागि निवेदन दिएको
असार २५ गते, २०७७: निर्वाचन आयोगबाट आधिकारिकता पाएको
७ सय १ जनाको केन्द्रीय कमिटी, १ सय ५१ जनाको राजनीतिक समिति, ५३ जनाको कार्यकारिणी समिति , ११ सय १ जनाको संघीय परिषद गठन गर्ने भनिएको
कात्तिक ४ गते, २०७७ : बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको , महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष
फागुन २५ गते, २०७७: रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) र जनता समाजवादी पार्टी कार्यदल
जेठ ७ गते, २०७८: देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले हस्ताक्षर
जेठ २१ गते, २०७८: ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ ठाकुर पक्ष के पि ओलि सरकारमा
असार ८ गते , २०७८: सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त
असार २२ गते, २०७८: अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह
साउन ११, २०७८: जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे, निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई आधिकारिकता