मनाङको नार्पाभूमिको बजेट २१ करोड; प्राथमिकतामा विजुली र बाटो

उपाध्यक्ष मेङमर फुन्चो लामाले आर्थिक वर्ष २०७९/८० का लागि २१ करोड ४५ लाख ५३ हजारको बजेट प्रस्तुत



हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा उपाध्यक्ष मेङमर फुन्चो लामाले आउँदो आर्थिक वर्ष २०७९÷८० का लागि २१ करोड ४५ लाख ५३ हजारको बजेट प्रस्तुत गरेका छन ।

 

 

बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट चार करोड २२ लाख , वित्तीय समानीकरण अनुदानबाट रु सात करोड १७ लाख , समपुरकबाट ७५ लाख , विशेष अनुदानबाट दुई करोड १० लाख, राजस्व बाँडफाँटबाट चार करोड ३० लाख ९९ हजार , प्रदेश सरकारको समानीकरण अनुदानबाट रु २५ लाख ८४ हजार, राजस्व बाँडफाँटबाट रु तिन लाख ४५ हजार र समग्रबाट ४० लाख रहेको छ ।

 

 

हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका विकट पालिका हो । यहाँ अहिलेसम्म पनि मोटरबाटो आएको छैन । पैदल र खच्चडको भरमा खाद्यान्न ढुवानीदेखि हरेक कार्य गर्नमा समस्या छ । त्यसैले बजेट को पहिलो प्राथमिकता बाटो लाई छ ।

 

 

नार्पाभूमि गाउँपालिकाको पाँच वटा वडाहरु मध्ये दुई वटा वडामा मात्र राष्ट्रिय प्रशारण लाइन आएको छ भने अझैसम्म पनि तीन वटा वडामा विद्युतको पहुँच पुगेको छैन ।

 

त्यस्तै गाउँभित्र सञ्चार , टेलिफोन र नेटवर्कको कार्यक्रम पनि समेटिएको छ । यस्तै गाउँपालिकाले कृषि क्षेत्रतर्फ उवा र आलु पकेट क्षेत्र गराउने कार्यक्रम समावेश गरेको छ ।

 


१७ असार २०७८, बिहीबार

बाढी पहिराका कारण चामे र नार्पाभूमि गा.पा.को गाउँसभा हुन सकेन

मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् । मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै गाउँसभा गरिसकेका छन् ।

 

 

सबैभन्दा बढी जोखिममा परेको नासाेंले बगरमा नै गाउँसभा गरेको छ भने ङिस्याङले भर्चुअल माध्यमबाट गाउँसभा गरी बजेट सार्वजनिक गरेको छ । बाढी पहिराको जोखिमले गर्दा जिल्लाको सदरमुकाम चामे गाउँपालिका र प्रदेशको सडक सञ्जालबाट टाढा रहेको विकट स्थानको नार्पाभूमि गाउँपालिकाले हालसम्म पनि गाउँसभा गर्न सकेको छैन ।

 

पालिकाका विभिन्न स्थानमा बाढी पहिराको जोखिमले गर्दा गाउँसभाको काम पुरा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिनुभयो । “नदीमा बाढी घट्ने सम्भावना कम छ, चामेको हरेक क्षेत्र नदीको किनार पर्ने र जोखिम बढी हुँदा गाउँसभा गर्न मुस्किल भएको छ, नदीको बहाव बढ्यो भने पालिकावासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ, गाउँपालिकाको काम पुरा गर्न सकेको छैन”, अध्यक्ष घलेले भन्नुभयो, “असार २५ देखि २७ गतेभित्र गाउँसभा गर्ने योजना बनाएका छौं, समयले साथ दिन्छ कि दिदैन भन्ने मात्रै छ ।”

 

त्यस्तै नार्पाभूमिमा पनि धेरै स्थानमा बाढीले स्थानीयवासीमा प्रभाव पारेपछि समयमा गाउँसभा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष मिङ्मार लामाले बताउनुभयो । “जनतालाई बचाउनु कि पालिकाको काम गर्नु जस्तो भएको छ, समयमा गाउँसभा गर्न नसकेपनि यो महिनाको अन्तिमसम्ममा गर्ने तयारीमा छौं”, अध्यक्ष लामाले भन्नुभयो ।

 

बाढी पहिराका कारण जिल्लामा विद्युत् र सञ्चारको कठिनाइ भएको छ । यस्तो अवस्थामा गाउँसभा गर्नुपर्ने हुँदा जनप्रतिनिधि समस्यामा परेका छन् । दुवै पालिकाले यस वर्ष विपद्मा परेकाले विपद्, स्वास्थ्य र सडक सञ्जाललाई बढी प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्ने जनाएका छन् ।

Comments Box