फेरि ग्यासमा दुई थरी मूल्य, गन्ध, रङ्ग र साइज ? (दुईथरी सिलिन्डरको ईतिहास सहित)



काठमाडौं, ६ असार: सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ ।

 

 

यस्तो व्यवस्था चाँडै गर्ने तयारी सरकारको तयारी छ ।

 

 

नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ ।

 

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकव रंग फेर्ने तयारि भएको बताए ।

 

‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए ।

 

ग्यास वितरणमा सहज बनाउन उपभोक्ता कार्ड वितरण
२०६९ वैशाखमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई एलपी ग्यासको उपभोक्ता कार्ड प्रदान गरी वितरण शुभारम्भ गरेको थियो ।

 

दुई रङका सिलिण्डर कार्यान्वयन चुनौतीपूर्ण

२०७० असार २ मा १ वर्ष लामो प्रयासपछि सरकारले असार १ गतेदेखि नीलो रङको सिलिण्डर प्रयोगमा ल्याएको थियो । ग्यास वितरण प्रणालीलाई वैज्ञानिक बनाई नेपाल आयल निगमको घाटा कम गर्न नीलो रङको सिलिण्डर प्रयोगमा ल्याइएको भनिएको थियो । नीलो रङको सिलिण्डर प्रयोगको शुभारम्भ गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले दुई रङका सिलिण्डर कार्यान्वयन चुनौतीपूर्ण भएको बताएका थिए ।

 

उपभोक्ता कार्ड प्रमाणीकरण 

दुई रङका सिलिण्डरको कार्यान्वयनका लागि निगमले उपभोक्ता कार्ड प्रमाणीकरण र वितरणलाई पनि तीव्रता दिएको बताईएको थियो । त्यसबेला निगमबाट झण्डै ४ लाख कार्ड प्रमाणीकरण भई फिर्ता भइसकेका थिए । त्यसमा अधिकांश रातो कार्ड छन् । उपभोक्ताले ग्यास कार्डविना सिलिण्डर नपाउने हुँदा नजिकको डिलरबाट छिटो कार्ड लिन सर्वसाधारणलाई आग्रह ग रि ए को थियो । राहतको सिलिण्डर प्रयोग गर्न ग्यास कार्ड अनिवार्य गर्ने योजना थियो । निगमले राहतको सिलिण्डर एउटा परिवारलाई वर्षमा १२ ओटा मात्र उपलब्ध गराउने नियम थियो ।

 

नेपालमा ६० प्रतिशत ग्यास घरायसी प्रयोजन र ४० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुँदै आएको छ ।

Comments Box