२७ बर्षदेखि बेपत्ता; लमजुङबाट भारतको मेहरमपुर गाउँ पुगेका परियारको उद्दार



लमजुङ , ३१ जेठ : लमजुङको राईनास नगरपालिका वडा  ८ तार्कुघाट बस्ने बर्ष ४४ को किसान परियार २७ बर्ष अगाडी कामको शिलशिलामा भारत गई बेपत्ता भएका थिए ।

 

 

 

 

बेपत्ता भए पश्चात आफन्तहरुले आफ्नै तवरले खोजतलास गरेको भएता पनि  खोजतलासको सम्बन्धमा प्रहरीमा भने उजुर गरेका थिएनन् ।

 

 

 

यस्तै क्रममा किसानको खोजी कार्यका लागि  जेठ ९ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा प्राप्त भएको निवेदनको बिषयमा लमजुङ प्रहरीले खोजतलास कार्यलाई बिशेष चासो र प्राथमिकतामा राखी नेपाली राजदूतावास नयादिल्ली, प्रहरी प्रधान कार्यालय, मानब बेचबिखन तथा अनुसन्धान व्यूरो काठमाण्डौ, दिल्ली स्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रिय कार्यालय ललिपुर र परिवारसँगको आपसी सहयोग र समन्वयमा किसान परियार उत्तर प्रदेश  जिल्ला मेहरमपुर गाउँबाट जेठ १८ गते उद्धार गरी नेपाल ल्याईएकाे छ ।

 

जिल्ला प्रहरी कार्यालय, लमजुङले निज किसान परियारलाई आफन्तको जिम्मा लगाएकाे लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

 

२७ बर्षसम्म बेपत्ता भएका आफ्ना आफन्तलाई पाउँदा परिवारमा खुसियाली छाएको छ भने निज किसान परियार पनि आफन्तलाई भेट्दा अत्यन्त खुसी भएका छन् ।

Comments Box