काभ्रेको धुलिखेलको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी



काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । व्याञ्जुको जितसँगै एमालेले काभ्रेमा पहिलो पालिका जितेको हो । व्याञ्जु एमालेका काभ्रे अध्यक्ष एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

 

 

व्याञ्जुले स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् । व्याञ्जुले ८ हजार ३ सय ५१ मत ल्याउँदा बस्नेतले ७ हजार ४ सय ११ मत ल्याए ।

 

गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले १ हजार ८१९ मत मात्रै प्राप्त गरे ।

 

उपमेयरमा भने नेपाली कांग्रेसका निराजन जंगम विजयी भएका छन् । उनले १ सय ४७ मत अन्तरले लालतारा अधिकारीलाई पराजित गरेका हुन् । जंगमले ७ हजार ९ सय ३८ मत ल्याउँदा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।


 

नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका सबै तहमा उम्मेदवार टुङ्गो लगाएर जिल्लामा पठाएको हो । काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिका छन् । उम्मेदवारको टुङ्गो लागे पनि सोमबार मात्रै मनोनयन दर्ता गर्ने एमाले काभ्रेले जनाएको छ । कतिपय स्थानीय तहमा एमालेले माओवादीसँग तालमेल गर्ने तयारी गरे पनि सहमति नभएपछि पार्टीका तर्फबाट उम्मेदवार सार्वजनिक गरेको हो ।

१. बनेपा नगरपालिका
मेयरः रत्नकुश रञ्जितकार
उपमेयरः विमला सापकोटा

२. धुलिखेल नगरपालिका
मेयरः अशोक ब्याञ्जु
उपमेयरःलालतारा अधिकारी

३. पनौती नगरपालिका
मेयरः भीम न्यौपाने
उपमेयरः गीता बन्जारा

४. मण्डन देउपुर नगरपालिका
मेयरः विदुर सापकोटा
उपमेयरः सरिता ढकाल

५. पाँचखाल नगरपालिका
मेयरःकन्चन अधिकारी
उपमेयरः सूर्यमाया दनुवार

६. नमोबुद्ध नगरपालिका
मेयरः राजन भुर्तेल
उपमेयरः सम्झना लामा

७. भुम्लु गाउँपालिका
अध्यक्षः प्रेम लामा
उपाध्यक्षः कल्पना श्रेष्ठ

८. चौँरी देउराली गाउँपाालिका
अध्यक्षः जितराम लामा
उपाध्यक्षः बबिता खरेल

९. रोशी गाउँपालिका
अध्यक्षः देबसागर लामा
उपाध्यक्षः बबिता बोहोरा

१०. बेथानचोक गाउँपालिका
अध्यक्षः कमल तिमल्सिना
उपाध्यक्षः सरला लामिछाने

११. तेमाल गाउँपालिका
अध्यक्षः इन्द्र तामाङ
उपाध्यक्षः सम्तेन लामा

१२. खानीखोला गाउँपालिका
अध्यक्षः डम्बर तिमल्सिना
उपाध्यक्षःरुकमणी गुरुङ

१३. महाभारत गाउँपालिका
अध्यक्षः पूर्णबहादुर वाइबा
उपाध्यक्षः शान्ति तितुङ


२५ पुष २०७८, आईतवार

नेकपा (एमाले) काभ्रे जिल्ला अध्यक्षमा अशोक व्यान्जु

धुलिखेल नगरपालिकाका मेयर रहनुभएका अशोक कुमार व्यान्जु नेपाल कम्युनिस्ट पार्टी एमाले को काभ्रे जिल्ला अध्यक्षमा चुनिनु भएको छ ।

 

व्यान्जु नेपाल नगरपालिका संघको वर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

Comments Box