लमजुङको क्व्होलासोथारमा एमालेका गुरुङ अग्रस्थानमा



लमजुङको क्व्होलासोथार गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अध्यक्षको उम्मेदवार रहेका सूर्य प्रसाद गुरुङ २४१४ मत सहित अग्रस्थानमा रहेका छन । त्यस्तै काङ्रेसका उम्मेद्वार टेक बहादुर गुरुङ्ग १६३७ मत सहित दोस्रो स्थानमा छन ।

 

 

यस गाउँपालिकामा कूल जनसंख्या ८,००८ रहेको छ भने कुल मतदाता संख्या ९,२९८ रहेको छ । जसमा ४,५२२ पुरुष र ४,७७६ महिला रहेका छन् । यस गाउँपालिकामा ९ वडा छन् ।


अध्यक्षको उम्मेदवारमा सूर्यप्रसाद गुरुङलाई सर्वसम्मत सिफारिस

लमजुङको क्व्होलासोथार गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा एमाले सूर्यप्रसाद गुरुङलाई पार्टी पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको छ । सूर्य एमाले लमजुङ जिल्ला कमिटी सदस्य हुन् । त्यसअघि उनी एमाले क्व्होलासोथर पालिका कमिटी सचिव थिए । गाउँपालिकाका कमिटीको उपाध्यक्षसमेत भइसकेका उनी वडा नम्बर ६ र ७ को इन्चार्जसमेत हुन् ।

 

व्यवस्थापनमा स्नातकोत्तर गरेका सूर्यप्रसादले वानइयर बिएड पनि गरेका छन् । बैंकिङ करियरमा अनुभव बटुलेका उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनले गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख स्वकीय सचिवको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

 

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न एमाले गाउँपालिका कमिटीको भेला शुक्रबार भएको थियो । कमिटीले उपाध्यक्षमा भने ३ जना सिफारिस भएका छन् ।

Comments Box