यस्तो छ मोदीको लुम्बिनी भ्रमण तालिका



बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधना गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । एक दिने भ्रमणका लागि नेपाल रहेका मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् ।

 

मोदीलाई नेपाली समकक्षी शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् ।

 

 

उनले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२:२० परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्ने, १२ः ३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


काठमाडौं, २० चैत

प्रधानमन्त्री देउवा एयर ईन्डियामा सरर

भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए ।

 

तस्विर सौजन्य प्रधानमन्त्री कार्यालय, भारतीय बिदेश मन्त्रालय

बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।

 

Comments Box