गठबन्धनले हिंसा मच्चाएको एमालेको आरोप



प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लामा सत्ता गठबन्धनले स्वतन्त्र निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएको छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार साँझ प्रेस वक्तव्य जारी गर्दै निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन एमालेले भूमिका खेलेको भन्दै सत्ता गठबन्धनले हिंसा भड्काउने काम गरेको बताएका छन् ।

 

अध्यक्ष ओलीले स्वच्छ निर्वाचन विपरितका घटना भएका मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरेर उजुरी गरिएको जनाएका छन् ।

 

त्यस्ता स्थानमा पुनः निर्वाचन गराउन अध्यक्ष ओलीले निर्वाचन आयोगको ध्यानकर्षण गराएका छन् ।

 

ओलीले निष्पक्ष निर्वाचनको लागि भूमिका खेल्ने निर्वाचन आयोग र राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद समेत दिएका छन् ।


२३ चैत्र २०७८, बुधबार

सरकार कुहिएको छ, आफैं झर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार रहेसम्म देशमा आर्थिक उन्नति नहुने दाबी गरेका छन् । सरकार जतिसक्दो चाँडो नढलेसम्म देश बर्बादीतिर धकेलिने उनले बताए ।

 

 

यस्तै उनले गठबन्धन सरकारलाई कुहिएको फलसँग तुलना गर्दै यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको बताए । नेता ओलीले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । आफैं झरोस् । आफैं ढलोस् ।’

 

नेता ओलीले बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको बताएका थिए । यस क्रममा उनले नयाँ व्यवसाय गर्न मुस्किल रहेको भन्दै बैंकहरूले पनि व्यवसायका लागि सहयोग गर्नुपर्ने बताएका थिए । साथै व्यवसायीहरू यतिबेला समस्यामा परेको भन्दै वर्तमान सरकारले त्यसलाई समाधान गर्न नसक्ने उनको जिकिर थियो ।


१६ चैत्र २०७८, बुधबार

गठबन्धन गर्छौं भनेका छन् तर सजिलो छैन : ओली (भिडियो)

प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताए ।

 

 

भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा ओलीले भने, ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन । लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’ सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रिय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय लिएको एक दिनपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो । उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताए । ‘एकै दिनमा गठबन्धनले उम्मेदवारी दर्ता गर्नै सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ । एक हप्ता गराए पनि के हुन्छ र ? मनोनयन नै हुने होला । सबै दल मिलेर आए पनि हुन्छ ।’

 

निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने ओलीको दाबी थियो । उनले भने, ‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’ वर्तमान सरकारले कुनै काम नगरेको ओलीको दाबी थियो । उनले विगतमा आफ्नो कार्यकालमा भएका कामहरू उद्घाटन गर्दै हिँडेको बताए । ‘बाटो हामीले बनायौं, मोटर उहाँहरूले चलाउनुभयो होला । त्यो कुन ठूलो कुरा हो र,’ उनले भने ।


२७ फाल्गुन २०७८, शुक्रबार

महान जनताको साथ हामीसँग छ – अध्यक्ष केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिएका छन् । उनले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गरे ।  ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने ।

 

ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे ।

 

 

ओलीले राम राज्य आहा थियो भनिनु बेकार भएको बताएका छन् । राम राज्य आहा थियो भने के त्यहाँ इन्टरनेट थियो र भन्दै तर्क गरे ।  उनले अहिलेको अवस्थालाई सही ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सत्य युग र राम राज्य आहा थियो भनेर भ्रम पाल्न नहुने बताए ।

 

Comments Box