रामचन्द्र पौडेलको गाउँमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट



तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

 

 

कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् । जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’


९ बैशाख २०७९, शुक्रबार

व्यास नगरपालिका, तनहुँ – गत निर्वाचनमा के भएको थियो ?

गत निर्वाचनमा तनहुँको व्यास नगरपालिकामा एमाले र माओवादीको गठबन्धन थियो । तैपनि मेयर र उपमेयर दुवै पदमा कांग्रेस भारी मतान्तरले विजयी भयो । मेयरमा वैकुण्ठ न्यौपानेले १३ हजार ५६ र  उपमेयरमा मिरा जोशीले १३ हजार २६० मत पाएर विजयी भए । गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेका शंकरनारायण श्रेष्ठले नौ हजार ५९२ मत पाए । उनी हाल नेकपा एमाले विभाजन भएर बनेको एकिकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् । माओवादीको कोटाबाट उपमेयर बनेको अतिन्द्रकेशरी न्यौपानेले निकै कम मत पाए । नौ हजार ७८३ मतान्तरले पराजित न्यौपानेले तीन हजार ४७७ मत पाएका थिए ।

 

आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । निर्वाचन आयोगले एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता कायम गरेको हो ।

 

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर, एक लाख ३२ हजार ९४४ मत मात्रै खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् ।