विद्यालयमा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा



सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो ।

 

 

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो । अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।

 

 

शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय गरेको हो । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।


१४ माघ २०७८, शुक्रबार

माघ मसान्तसम्म विद्यालय बन्द कायमै ?

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

 

आज बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

 

विद्यालय बन्द

६ बैशाख २०७८: कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । यहाँस्थित भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो।

 

विद्यालयमा फैलियो कोरोना चितवन

६ बैशाख २०७८: कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै इच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई सङ्क्रमण देखिएको छ । भरतपुरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार वाल्मीकिका कक्षा १० का विद्यार्थीलाई सङ्क्रमण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको छ ।

Comments Box