सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

प्रतितोला ९९ हजार ३०० रुपैयाँ



नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो । हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ । यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो ।

 

 

प्रतितोलाले ९०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार आज हिजोकै मूल्यमा चाँदीको कारोबार भइरहेको छ । जसअनुसार आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ ।

सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर

काठमाडौँ, १३ चैत: साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

 

गत साताकाे अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।


सुन र चाँदीको मूल्य बढ्यो

८ चैत्र २०७८, मंगलवार : सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ३ सय रुपैयाँ तोकिएको छ ।

 

यस्तै तेजावी सुनको मूल्य तोलाम ९९ हजार ८ सय रुपैया कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


६ चैत्र २०७८

सुन र चाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तोकेको छ । शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ८०० र तेजाबी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

 

आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँ थियो ।

Comments Box