उदिपुर खण्डमा डुम्रे-बेंसीशहर सडक अवरुद्ध

डुम्रेबाट २०२९ मा खन्न सुरु गरिएको सडक बेंसीसहरको ४२ किलोमिटरसम्म पुर्‍याउन साढे एक दशक लागेको थियो



 

लमजुङ, १२ साउन: लगातारको वर्षापछिकाे पहिराेका कारण डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत उदीपुर सडक अवरुद्ध भएको छ ।

 

बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि बर्षा भइरहेकाले उदिपुरमा ढुङ्गासहित लेदो आएर सडक अबरुद्ध भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

 

गत वर्ष र असार पहिलो साताको पहिरोले  डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यसखण्डसमेत पटक–पटक  पहिरोले अवरुद्ध हुँदै आएको छ ।

 

सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।


डुम्रे–बेँसीशहर सडक दुई लेनको

डुम्रे–बेंसीसहर सडक ४२ किलोमिटरको छ । तनहुँको डुम्रेदेखि लमजुङ सीमा पाउँदीसम्म २४ किलोमिटर छ । भने बाँकी १८ कि मि सडक लम्जुङ जिल्लामा पर्छ ।


डुम्रे वेसिशहर सडक फराकिलो बनाउने योजना एमालेले सुरु गराएको हो- उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले डुम्रे-वेसिशहर सडक फराकिलो बनाउने योजना नेकपा एमालेको रहेको जनाउनु भएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा उक्त योजनालाई ५ अरब ६८ करोड रुपैया विनियोजन गरिएको थियो ।

 

 


कस्तो हुनेछ डुम्रे वेसिशहर सडक ?

– सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुनेछ ।

– अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्नेछ ।

– सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ । कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने


डुम्रे वेसिशहर सडकको ईतिहास ?

तनहुँको डुम्रेबाट २०२९ मा खन्न सुरु गरिएको सडक बेंसीसहरको ४२ किलोमिटरसम्म पुर्‍याउन साढे एक दशक लागेको थियो । २०४६ मा ट्र्याक खुलेकामा २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । ४ वर्षमा ४२ किलोमिटर सडकको कालोपत्र भएपछि तत्कालीन निर्माण तथा यातायातमन्त्री ओमकार श्रेष्ठले उद्घाटन गरेका थिए ।

 

उक्त सडक निर्माणयता स्तरोन्नति हुन नसकेको जिल्ला विकास समितिका पूर्वसभापतिसमेत रहेका पूर्वसांसद जमिन्द्रमान घलेले बताए । त्यतिबेला सडक निर्माणको जिम्मा हालका राप्रपा नेता विक्रम पाण्डेले लिएका थिए । उनको कालिका कन्स्ट्रक्सनले पाउँदीदेखि बेंसीसहरसम्मको सडक निर्माण गरेको थियो । डुम्रेदेखि पाउँदीसम्मको सडक शर्मा एण्ड कम्पनी कन्स्ट्रक्सनले गरेको थियो ।

 

पहिलो चरण

डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । सडकका लागि भ्याट र पीएस बाहेक रु ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

 

अहिले सडकको चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने, नाली बनाउनेलगायत काम भइरहेको छ भने  डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ ।

 

पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।

Comments Box