तिमाङमा पढ्ने विध्यार्थी अव स्कुलमा नै वाद्यवादन र वातावरण संरक्षणको नमुना सिक्छन



१६ चैत्र २०७८, बुधबार: समुन्द्री सतहवाट २,६३० मिटर उचाईमा अवस्थित मनाङको चामे गाउँपालिका तिमाङमा पर्ने ‘गौरिशंकर आधारभुत विधालय’ का विध्यार्थीको स्कुलमा नै वाध्यवादन सिक्ने चाहना अब पुरा भएको छ ।

 

विध्यालयका प्राधानध्यापक कमल गुरुङका अनुसार ‘निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन बहादुर घलेको पहलमा तिमाङका ‘हाेम घले र ज्याेति गुरूङ घले’का तर्फ बाट १ लाख बराबरको वाद्यवादन सामाग्री सहयाेग प्राप्त भए पछी विध्यार्थीको यो चाहना पुरा भएको हो । 

 

 

यो संगै विध्यालयमा सुन्दर फुलबारी र ग्रीन स्कुल बनाउन समेत सहयोग प्राप्त भएको प्र.अ. कमल गुरुङले जनाएका छन ।

 

सहयोग प्रती आभार प्रकट गर्दै प्र.अ. गुरुङले लेखेका छन्: “हाम्रो विद्यालयकाे रंगीन सपना साकार पार्न र विद्यार्थीहरूलाई हाैसला दिन विद्यालयमा पवित्र पाइला टेकिदिनु भएकाेमा हामी आभारी छाैँ । सुन्दर फुलबारी र ग्रीन स्कुल बनाउन गाैरी शंकर बाल क्लब तथा ग्रीन फाेर्स क्लबलाई माननीय पाेल्देन छाेपाङ ज्यू, समाजसेवी धाेर्जे डिण्डुल गुरूङ, भू.पू. जिविस सभापति कप्ली गुरूङ ज्यू बाट जम्मा गरि ८०,००० (असी हजार) सहयाेग गर्नु भयाे । यसबाट हाम्राे महान अभियानकाे यात्रामा ठूलाे उर्जा मिलेकाे छ । मनका धनी यहाँहरूकाे जय हाेस् ।”


२९ श्रावण २०७८, शुक्रबार

सतर्कता अपनाएर पढाई सुरु गरेको विद्यालय लाई खाध्यान्न र शैक्षिक सामाग्री सहयोग

कोरोना र वाढी पहिरोका विचमा पनि भौतिक उपस्थितीमा नै विधालय सन्चालन भएको छ ।

भिडियो सामाग्री:

Comments Box