एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने – स्थायी कमिटी सदस्य किरण गुरुङ



नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताएका छन् । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको जिकिर गरे ।

 

तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएका तनहुँका दुई वडाध्यक्ष फेरी नेकपा एमालेमै फर्किएका छन् । शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा फेरी एमालेमै फर्किएका हुन् । यस्तै, शुक्लागण्डकी–५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गरेका छन् । तनहुँमा तत्तकालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि मध्य १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए ।

 

केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको आरोप लगाइन् । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससित हे प्रभु भन्दै खुट्टा मागिरहेको उनको टिप्पणी छ ।

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन् । नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको टिप्पणी गरे । ‘हाम्रा पार्टीका नेता लोभिपापी हुन् । माधव नेपालले निकै ठूलो काम गर्नुभो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन । अधिकार जमाउन सक्नु भएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, कार्यक्रममा बोल्दै उनले भने । नेकपा एमालेलाई संघीयता विरोधी भन्नेहरूलाई प्रश्न गर्दै उनले भने, ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर !’ विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको उनको आरोप छ । अगाडी थप्दै भन्छन्, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ । त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन । सबैले उहाँलाई छोड्छन् ।’


१२ फाल्गुन २०७७

‘लोकतन्त्रमा जीतहार निर्वाचनबाट हुन्छ’

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि आज मन्त्री गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला अदालतले नभई जनता र निर्वाचनले गर्ने उल्लेख गर्नुभयो ।

 

“प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान छ । संसदीय प्रणालीमा मध्यावधि निर्वाचन र ताजा जनादेशको घोषणा कहिल्यै प्रतिगमन हुन सक्दैन र होइन”, नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका गुरुङले भन्नुभयो, “यो त संसदीय मूल्य, मान्यता र सिद्धान्तकै लोकतान्त्रिक अभ्यासहरू हुन् । त्यसैले यससम्बन्धी हिजो सर्वोच्चले गरेको फैसला पनि लोकतन्त्र र जनताको हार र जीतको फैसला नभई, मात्र एउटा अभ्यास र अदालती मुद्दाको फैसलामात्र हो ।” यसैगरी गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपालाई एकताबद्ध बनाउन अविश्राम पहल गर्नुपर्ने बताउनुभयो । मन्त्री चुमानले अझै पनि एकता सम्भव रहेको उल्लेख गर्नुभयो । “नबहकिआँै, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व ग्रहण गरौँ”, नेकपाका केन्द्रीय सदस्य एवं प्रचण्ड–माधव नेपाल समूहका नेता चुमानले भन्नुभयो, “हामी आफँैले बनाएको संविधानको अदालतले सम्मान ग¥यो भनेर बुझाँै ।”

Comments Box