फरार अभियुक्त चार वर्षपछि पक्राउ



३ चैत्र : चार वर्षपछि मानव बेचबिखन तथा ओसार पसार मुद्दाका तीन फरार अभियुक्त  पक्राउ परेका छन् ।

 

 

पक्राउ पर्नेमा साबिक तोपगाछी गाविस(६ हाल कमल गाउँपालिका(४ निवासी ४४ वर्षीया सीता केरुङ सम्बाहाम्फे, सोही ठाउँका ५० वर्षीय इन्द्र सम्बाहाम्फे र ४३ वर्षीय हंसराज केरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

 

 

झापा जिल्ला अदालतले उनीहरूलाई २०७४ साल असार २८ गते मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कैद सजाय तोकेको थियो। अदालतले तीनै जनालाई सात वर्ष ६ महिना कैद सजाय, एक लाख जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउनु पर्ने तोकेको छ ।

 

 

अदालतले गरेको फैसलादेखि नै फरार भएका उनीहरूलाई प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले चैत २ गते पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि झापा कारागार पठाउने तयारी भइरहेको डिएसपी पाठकले बताए।

 

अपहरणपश्चात हत्या गरी फरार तीन पक्राउ

2021 May: अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका तीनै जनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । विसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो । कटुवा पेस्तोल बरामद सिरहा नगरपालिका १७ वटेर्वाबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । स्थानीय २७ वर्षीय धिरु यादवले गउँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचनाका आधारमा पुगेका प्रहरीलाई देखेर भाग्ने क्रममा यादवको साथबाट खसेको खाली कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । यादव भने फरार भएका छन् ।

प्रहरीले सशङ्कित व्यक्तिको खोजतलास जारी रहेको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Comments Box