त्रिवि नेविसंघको कुटपिटमा परेका गुरुले पठनपाठन गराउन थाले



त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने कुटपिट भएको एक वर्षपछि अहिले त्रिभुवन विश्वविद्यालयमा पढाउन जान थालेका छन ।

 

तर गुरु आफै भने डर र त्रासको वातावरण कायम रहेको र आफुलाई त्यो घटना झलझली मानस्पटलमा आउने बताउँछन ।

 


त्रिविका गुरु कुट्पिट गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने तयारी

२८ माघ २०७८: त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेपाल विद्यार्थी संघ, त्रिवि क्याम्पस ईकाईका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलसहितका नेता कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ता लिने तयारी गरेको छ ।

 

 

२० असोज २०७७ मा उपप्राध्यापक चलाउनेमाथि त्रिभुवन विश्वविद्यालय परिसरमै आक्रमण भएको थियो । आक्रमणबाट उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो । एक महिनाभन्दा लामो अस्पताल बसाइपछि उनी घर फर्किएका थिए । घटनामा आचार्य र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरविरुद्ध ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले आरोपितहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै अध्यापक चलाउनेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालत पाटनले उनीहरुलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । अनि पीडितलाई एक लाख रुपैयाँका दरले तत्काल राहत दिनसमेत आदेश दिएको थियो ।

 

ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको अवस्थामा गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाई मुद्दा फिर्ताको प्रतिवेदन तयार पार्न लगाएको थियो । मुद्दा फिर्ताको कानूनी प्रक्रिया पु¥याउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रारम्भिक प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा पेश गरेको छ ।

 

गृह मन्त्रालय स्रोतबाट प्राप्त १२ माघ २०७८ मा तयार पारिएको प्रतिवेदनमा घटना हुुनुमा अध्यापक चलाउनेकै दोष देखाइएको छ । सिफारिसको व्यहोरामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लगाएको ताल्चा पीडित प्रेमबहादुर चलाउनेले तोडेको विषयमा विवाद भई वारदात घटाएको अवस्था छ ।’

 

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

८ बैशाख २०७८: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र कलेजलाई अनलाइन वा वैकल्पिक माधयमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Comments Box